माओवादी केन्द्र गण्डकी अध्यक्षमा गायत्री गुरुङ

समाधान संवाददाता २०७८ मंसिर २७ गते १२:३२


पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समिति अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत निर्वाचित भएकी छन् । मंसिर २५ देखि पोखरामा सुरु भएको उक्त पार्टीको प्रथम अधिवेशनले सोमबार गुरुङको अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो ।


अध्यक्ष गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतक हुन् । उनी अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को केन्द्रीय सचिवसमेत छिन् । जनयुद्धको सुरुआतदेखि भूमिगत जीवन बिताएकी गुरुङले पर्वत, मनाङ, कास्की लगायत जिल्लामा पार्टीको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकी सकेकी छन् ।


अध्यक्ष गुरुङले गण्डकी प्रदेशमा पार्टी संठनलाई व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता जनाएकी छन् । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया