कांग्रेस महाधिवेशनमा मतदान सुरु

समाधान संवाददाता २०७८ मंसिर २७ गते १२:४६

काठमाडौं ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान साढे ३ घण्टा ढिलो सुरु भएको हो।

नेता कुलबहादुर गुरुङले बिहान ११ बजेर २३ मिनेटमा पहिलो मत खसाले । मतदानमा सहभागी हुन प्रतिनिधिहरु बिहानैदेखि लाइन लागेका थिए।

Advertisement

तर सभापति शेरबहादुर देउवा भने मध्यान्ह पौने १२ बजे मतदानस्थल पुगे मतपत्र छाप्न र त्यसमा निर्वाचन अधिकृतको हस्ताक्षर गर्न ढिलाइ भएकाले मतदानमा ढिलाइ भएको हो। निर्वाचन अधिकृतहरू बिहानैदेखि मतदानस्थलमा पुगेर बसेका थिए। मतदानका लागि राष्ट्रिय सभागृहलाई ‘क’ र ‘ख’ बनाइएको छ भने भृकुटीमण्डपलाई ‘ग’ बनाइएको छ।

मतदानमा ढिलाई भएपछि विभिन्न पदमा उम्मेदवार बनेका कांग्रेस महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न व्यस्त छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।

Advertisement

तपाईको प्रतिक्रिया