कांग्रेस सभापतिका लागि फेरि मतदान साढे ३ बजे
काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान गराउने व्यवस्थाअनुसार निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
कार्यतालिका अनुसार मंगलबार दिउँसो ३ः ३० बजेदेखि निर्वाचन सुरु हुनेछ। निर्वाचन साँझ ७ः३० बजेसम्म चल्ने समितिले जनाएको छ। पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २२५८,शेखर कोइरालाले १७०२,प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत ल्याएका थिए। खसेको मतमध्ये ७६ मत वदर भएको थियो।
३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, २५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् । सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया