स्वास्थ्य

मुस्ताङमा नवौं तहको चिकित्सक

एमडी उर्तिण चिकित्सक महोत्तरीका डा.कुन्दन कर्णलाई मुस्ताङमा

सुन्दरकुमार थकाली २०७८ मंसिर २८ गते १२:३४
फोटो क्याप्सन ः मुस्ताङ जिल्ला अस्पताल । तस्विर ःसुन्दरकुमार थकाली


जोमसोम—

Advertisement

दुर्गम जिल्लाको रुपमा परिचित हिमाली जिल्ला मुस्ताङले नवौं तहको चिकित्सक पाउने पक्का भएको छ ।मुस्ताङको जोमसोम अस्पतालका लागि पहिलो पटक एमडी उर्तिण नवौं तहको चिकित्सक खटाईदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुस्ताङका लागि करारमा एमडी उर्तिण चिकित्सक खटाउने अन्तिम तैयारी गरेको जनाईएको छ । अस्पतालले स्थापना कालदेखि हालसम्म नवौं तहको एमडी उर्तिण चिकित्सक पाउन सकेको थिएन । खटाईका चिकित्सकलाई दुई वर्ष अनिवार्य सेवा गर्नुपर्ने सम्झौतासहित मन्त्रालयले मुस्ताङ पठाउने तयारी गरेको हो ।
संघीयतापछि अस्पतालमा न्यूनतम स्वास्थ्य उपकरण तथा पूर्वाधार फरािकलो बन्दै गएपनि दक्ष चिकित्सकीय सेवा नहँुदा मुस्ताङका सेवाग्राही महङ्गो शुल्क खर्चिएर जिल्ला बाहिर उपचार गर्नुपर्ने बाध्यता थियो ।अस्पतालले भरपर्दो र विश्वसनीय चिकित्सकीय सेवाका लागि नवौं तहको चिकित्सक माग गर्दै मन्त्रालयमा पत्रचार गरेको थियो ।

ढिलै भएपनि मन्त्रालयले नेपाल सरकारबाट छात्रवृद्धि प्राप्त नवौं तहका एमडी उर्तिण चिकित्सक महोत्तरीका डा.कुन्दन कर्णलाई मुस्ताङमा खटाउन लागेको अस्पतालका निमित्त मेसु एकराज बस्नेतले जानकारी दिए ।‘ मुस्ताङमा नवौं तहको चिकित्सक आउँदै हुनुहुन्छ,उहाँलाई मन्त्रालयले. पठाउन लागेको हो,उनले भने,‘ उहाँ पुस १ गते मुस्ताङ आउँदै हुनुहुन्छ ,त्यसपछि अस्पतालको नियमित सेवा फराकिलो बन्नेछ ।’
मुस्ताङमा नवौं तहको चिकित्सक आउने भएपछि मुस्ताङका स्थानीय उत्साहित बनेका छौं । नवौं तहको चिकित्सक आएपछि भरपर्दौ स्वास्थ्य सुविधा पाउने उनीहरुको अपेक्षा छ ।

मुस्ताङ जिल्ला अस्पतालामा नेपाल सरकारबाट छात्रवृद्धि प्राप्त करारका आठौ तहका चिकित्सक मार्फत सेवा दिईने गरिएको थियो । पछिल्लो समय करारका आठौं तहका चिकित्सकको समेत खडेर पर्दैआईरहेको थियो । अहिले मुस्ताङ जिल्ला अस्पतालमा आठौं तहका करारका २ जना चिकित्सक छन् ।मुस्ताङमा करारकै भएपनि नवौं तहको चिकित्सकको आगमनपछि सामान्य अप्रेसनको सुविधा अस्पताललेनै उपलब्ध गराउन सक्ने निमित्त मेसु बस्नेतले उल्लेख गरे ।उनले हर्निया ,प्रसुती लगायतका अप्रेसनको काम हुने बताए ।

सरकारले छात्रवृद्धि सेवा मार्फत चिकित्सक बनेकाहरुलाई दुई वर्ष करारमा अनिवार्य सेवा गर्नुपर्ने प्रावधान तोकेको छ । यसै क्रममा नवौं तहका चिकित्सक कुन्दन कर्णलाई पनि करारमा मुस्ताङ खटाईने भएको हो । मुस्ताङ जिल्ला अस्पतालमा आवश्यक श्रोत साधन उपलब्ध भएपनि नवौं तहको चिकित्सक नहुदा अस्पतालमा रहेको आईसीयु र भेन्टिलेटर उपकरण स्टोरमै थन्किन पुगेको थियो । अस्पतालका अनुसार चालु वर्षका लागि गण्डकी प्रदेश सरकारले बिरामी अपरेशन थिएटरका लागि पूर्वाधार निर्माण गर्न ५० लाख बजेट बिनियोजन गरेको छ । कोरियन शैलीमा निर्माण हुने उक्त संरचना चाडै बन्ने निमित्त मेसु बस्नेतले जानकारी दिए ।

Advertisement

मुस्ताङ जिल्ला अस्पतालमा एक जना स्थायी एमडी उर्तिण नवौ तहको चिकित्सकसहित कुल १८ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । पछिल्लो समय आवश्यक स्वास्थ्य जनशक्तिको अभाव हुदा सेवा प्रवाह खट्किएको थियो । अस्पतालमा आवश्यक जनशक्ति नहुदा अस्पतालको नियमित सेवामा चुनौती थपिएको थियो । अस्पतालका लागि सरकारले एमडी उर्तिर्ण नवौं तहको चिकित्सकलाई अस्पताल हेर्ने मेडिकल सुपरिटेन्डनको कार्यभार तोकिएको थियो ।

तर ,हिमाली जिल्ला मुस्ताङमा नवौं तहको एमडी उर्तिण चिकित्सक आउन नसक्दा अस्पतालले आठौ तहको एमबिबिएस उर्तिण चिकित्सकलाई अस्पताल हेर्ने मेडिकल सुपरिटेन्डनको जिम्मावारी दिईएको थियो ।पछिल्लो समय आठौं तहको स्थायी चिकित्सक समेत नहुदा त्यसको जिम्मेवारी अस्पताल प्रशासनमा कार्यरत सूचना अधिकारी एकराज बस्नेतलाई दिईएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया