शेयर मार्केट बारेमा पोखरामा छलफल

पोखरा ।
सहज इन्भेष्टमेन्ट कम्पनीको आयोजनामा पोखरामा शेयर बजार सम्बन्धि छलफल भएको छ । छलफललाई सहजीकरण गर्न शेयर बजार विज्ञ एवं प्राविधिक विश्लेषक विष्णु बस्याल पोखरा आएका थिए ।
पोखरामा बसेर शेयर बजारमा लगानी गरेकाहरु सहभागी सो छलफलमा विश्लेषक बस्यालमा शेयर मार्केटमा हुने उतार चढाबको बारेमा बताएका थिए । संसारभरको मार्केटमा यस्ता उतार चढाव आउने गरेको तथ्य दिदै उनले आत्तिए बेच्ने र मात्तिएर किन्नेहरु मात्र शेयर बजारबाट डुब्ने गरेको बताए ।
नेपालको शेयर बजारको भविष्य उज्वल भएको दावी गर्दै बस्यालले नाफा हुन्छ भन्ने हल्लाका आधारमा नराम्रा कम्पनीमा लगानी नगर्न लगानीकर्तालाई सचेत बनाए । ‘एक दुई पटक कमाउन सकिन्छ, तर तेश्रो पटक फसाउछ फसाउछ’ बस्यालले भने, ‘सही बिश्लेषण गरेर लगानी गर्ने र धैर्य भएर समय कुर्न सक्ने मान्छे शेयर मार्केटबाटै धनी बन्छ ।’
बस्यालले बढ्ने र घट्ने शेयर बजारको विशेषता नै हो भन्दै नेपालमा घट्ने भन्दा बढ्ने ट्रेण्ड हावी हुने दावी गरे । उनले जग्गा जमिनमा लगानी गर्नु भन्दा शेयरमा लगानी गर्नेले बढी कमाउन सक्छ भन्दै होसियारीपूर्वक लगानी गर्न आग्रह गरेका छन् ।
सहज इन्भेष्टमेन्ट कम्पनीक अध्यक्ष रवीन्द्र बाटाजूको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पवत प्रजापतिसहित निर्मला भण्डारी, मदन मुल्मी, अर्जुन श्रेष्ठ लगायतले बोलेका थिए ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया