जेसीज महाधिवेशन
आजदेखि जेसीज राष्ट्रिय महाधिवेशन

पोखरा ।
नेपाल जेसीजको ४८ औं महाधिवेशन पोखरामा बिहीबार सुरु हुँदै छ । ४ गतेसम्म नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने महाधिवेशनले वर्ष २०२२ लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनममा भाग लिन देशभरबाट १ हजार १ सयभन्दा बढी प्रतिनिधि पोखरा आएका छन् ।
यो महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा ६ जनाबीच प्रतिस्पर्धा हुनेछ । सोमबारबाट भएको उम्मेदवारी प्रशिक्षणमा यसअघि उम्मेदवारी दर्ता गराएका ६ जना नै सहभागी भएपछि उनीहरुबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
जेसीजको विधान अनुसार डेढ महिनाअघि उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । उम्मेदवारी प्रशिक्षणमा अनिवार्य सहभागी हुनुपर्ने हुन्छ । उम्मेदवारी दर्ता गरेर पनि प्रशिक्षणमा सहभागी नभए उम्मेदवारी स्वतः खारेज हुन्छ । तर सबै ६ उम्मेदवार प्रशिक्षणमा सहभागी भए ।
अध्यक्ष पदका लागि ६ जनाले नोभेम्बर १ तारिखभित्र उम्मेदवारी दर्ता गराएका थिए । काभ्रे जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका महासचिव जेसीआई सिनेटर विकास मानन्धर, भुवननगर जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका निवर्तमान कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारी, विराटनगर जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारिणी उपाध्यक्ष श्यामसुन्दर पौडेल (मिलन), गैडाकोट जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, सौराह जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद भुसाल र गछिया जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारिणी उपाध्यक्ष अमिस ढकालबीच राष्ट्रिय अध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ ।
यसैगरी ४ जना कार्यकारिणी उपाध्यक्षका लागि ९ जनाबीच प्रतिस्पर्धा हुनेछ । कार्यकारिणी उपाध्यक्षका लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिलबहादुर शाही, गीतानगर जेसीजका पूर्व अध्यक्ष अशोक कोइराला, तरहरा जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुनील तिम्सिना, धरान जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दीपेन्द्र निरौला, पाटन लेडी जेसीजकी पूर्व अध्यक्ष सुर्मिता शर्मा, मलंगवा जेसीजका पूर्व अध्यक्ष अनवर हुसेन, काठमाडौं जेसीजकी पूर्व अध्यक्ष इनु थापा, बालकोट जेसीजकी पूर्व अध्यक्ष रमा प्याकुरेल र भलबारी जेसीजका पूर्व अध्यक्ष गोविन्द पंगेनीबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, १२ जना उपाध्यक्षका लागि २२ जनाको उम्मेदवारी परेकोमा ३ जनापछि हटेका छन् । अब ९ जनाबीच प्रतिस्पर्धा हुनेछ । यसअघि उम्मेदवारी दिएका सैनामैना जेसीजका अर्जुन भण्डारी, व्यासनगर जेसीजका अध्यक्ष लक्ष्मीभक्त खनाल र बस्तीपुर जेसीजका निवर्तमान अध्यक्ष जयराम सुवेदी प्रशिक्षणमा सहभागी नभएपछि उपाध्यक्षको संख्या १९ मा झरेको हो ।
राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिनेमा कृष्ण श्रेष्ठ शुक्लागण्डगी जेसीज, नरेश ओझा महेन्द्रनगर जेसीज,, कुमारसिंह सावाँ सताक्षीधाम जेसीज, राम पाण्डे कोहलपुर जेसीज, नेत्र भट्टराई तुलसीपुरनगर जेसीज, जीवन श्रेष्ठ ठिमी जेसीज, जीवन कार्की रामेछाप जेसीज, योगीराज अधिकारी चम्पापुर, मुकेश सिंह वीरगन्ज जेसीज, अभिषेक दुलाल सीतापाइला जेसीज, हेमराज आचार्य रत्ननगर जेसीज, सन्दीप अग्रहरि रामग्राम जेसीज, प्रदीप फुयाँल पथरी जेसीज, रश्मि बस्नेत हेटौडा लेडी जेसीज, मनोजकुमार शाह जनकपुर जेसीज, विपीन चौधरी कलैया सिटी जेसीज, प्रमोद पोखरेल गोदावरी जेसीज, राजीव प्रसाई धुलाबारी जेसीज र सुजित भण्डारी नगरकोट जेसीजबीच प्रतिस्पर्धा हुनेछ ।
तपाईको प्रतिक्रिया