जेसीजको उत्सव

कमला शर्मा कँडेल (विनिता)
अध्यक्ष, पोखरा लेडी जेसीज
नेपालकै सुन्दर र पर्यटकीय नगरमा आजबाट नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन सुरु हुँदै छ । नेपालकै ठूलो महानगरमा हुन लागेको नेपाल जेसीजको ४८ औं महाधिवेशन जेसीजमा आवद्धहरुका लागि ठूलो उत्सव र अवसर हो ।
जेसीजमा आवद्ध नभएका र सर्वसाधारणका लागिसमेत यो ठूलो अवसर हो । पोखरा जेसीजको आतिथ्यतामा ४ गतेसम्म पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा चल्ने महोत्सवमा करिब ४ हजार युवाको जमघट हुँदै छ । व्यक्तित्व र नेतृत्व विकास गरी सक्रिय युवाको जमघटले मात्र पोखरा हुँदैन, यो महाधिवेशनले नयाँ नेतृत्वसमेत छान्नेछ । यो महाधिवेशनबाट पोखरा र समग्र देशबासीले नै जेसीजले के गरिरहेको छ भन्नेसमेत थाहा पाउनुहुनेछ ।
महाधिवेशनमा नेपालका १सय६१ शाखाका अध्यक्ष तथा प्रतिनिधि गरी १ हजार ३सय प्रतिनिधि तथा पर्यवेक्षकले भाग लिने छन् । कोभिड महामारीबाट थलिएको पोखराको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न यसले पक्कै सघाउनेछ । महाधिवेशनका सहभागीलाई पोखराका पर्यटकीय स्थलहरुको भ्रमण, अवलोकन गराउने कार्यक्रमसमेत छ ।
पोखरा जेसीज हाम्रो मातृसंस्था हो । यही अग्रज संस्थाको अभिभावकत्वमा पोखरा लेडी जेसीज सन् १९८९ मा स्थापना भएको हो । हामी हाम्रा सदस्यलाई विभिन्न खालका तालिम दिएर व्यक्तित्व विकास गराउँछौं । व्यक्तित्व विकाससँगसँगै नेतृत्व विकास गर्न पनि सघाउँछौं । व्यक्तित्व र नेतृत्व विकास भएपछि समाजका सबैजसो क्षेत्रलाई चाहिने सक्षम र क्षमतावान् नागरिक तयार हुन्छन् । म नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन सबैलाई हार्दिक अनुरोध गर्दछु ।








समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग
जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया