हाम्रो पोखरा, हाम्रो जेसीज

समाधान संवाददाता २०७८ पुष १ गते १२:०९

आफैंलाई सबल र सक्षम बनाउने काममा पोखराअघि बढिरहेछ, सँगसँगै पोखरा जेसीज पनि ।
मिलन ज्ञवाली


वर्ष त ठ्याक्कैयादआएनतर २०४७–४८ सालतिरको कुरा हो । त्यति खेर म बिएपढ्दै थिएँ । आइए उत्तीर्ण गरेका र उमेरको हद् ननाघेकाहरुका लागिशाहीनेपालीसेनाको सेकेन्ड लेफ्टिनेन्टपदमाभर्नाखुलेको थियो । म फाराम भरेर विजयपुर ब्यारेकमा देखिनगएँ । शरीरमा देखाउन सकिने र देख्न सकिने सबै कुरा हेरेपछि भनियो, ‘तिम्रो शारीरिक अवस्थाठीक छ । तिमी भोलि यहाँ आउनू ।’ मलाई लाग्यो केरा खाएर बढाएको तौललेकाम गरेछ ।


अर्कोदिन मेरो दिमागलाई हेर्ने दिन रहेछ । प्रश्नपनि तेस्तै खालकाहल्काफुल्का रमाइलालागेका थिए । उत्तर पनि राम्रै दिएँक्यार । कति प्रतिस्पर्धीलाई पछाडिछाडेर मअघि बढ्दै गएँ । साँझ पर्न लागेको थियो,बाँकीहामी सबै प्रतिस्पर्धीलाई एउटा ठूलो हलमाबोलाएर चिट्ठा थुत्न लगाइयो ।

Advertisement


कुरा के रहेछ भने त्यो कागजमालेखिएको विषयमा भाषण दिनुपर्ने, त्यो पनिअंगे्रजीमा । नेपालीमै त मान्छेको अघि बोल्न डराउनेमजस्तो मान्छेलाई त्यति धेरै मान्छे सामुन्ने अंग्रेजीमाबोल्न लगाउँदा केबोल्नु ?जाने पो बोल्नु ?बोल्न सिकेको भएपो जान्नु ?मेरो वाक कला सुनेपछि एकजना क्याप्टेन आएर भने, ‘तिमी काठमाडौं गएर आवेदन देऊ ।त्यहाँको कोटा बढी हुन्छ । पोखराको कोटामा पर्न सकेनौ ।’
मनमा कुरा खेल्न थाले—ए गाँठे, के रहेछ मेरो दिमागमात्यस्तो कुरा पोखरामा पर्न नसकेको मान्छे काठमाडौं गएर पर्ने हँ?होला र साँच्चिकै ?दिमागमाभएको वाककलाउहीहो, के कामलाग्लार खै काठमाडौं गएर ? घरको खानाले नआएको वाककलाहोटलको खानाले के आउला र ?

बाहिर निस्केर पोखरातिरजाने तयारी गर्दै थिएँ मेरा नम्बरी मनोज ढकालपनिआइ पुगे । उनलाई पनि त्यसै भनेर पठाएका रहेछन । काठमाडौ जाने सम्भावना त यत्तिकैपनिकमथियो । त्यसमापनिमनोजको कुरा सुनेपछि शाहीनेपालीसेनामाजागिर खाने विचार नै दिमागबाट निकालेँ ।

Advertisement

विजयपुरब्यारेकबाट पोखरा आउञ्जेलसम्म धेरै कुरा दिमागमाआए । किन परिनँ त म छनोटमा ? सेनामाजागिरखानआफ्नो मान्छे चहिन्छ भन्थे । त्यस्तै पो हो रहेछ क्यार?कुरा सत्यहो कि जस्तोपनिलाग्यो । भनसुन गर्नका लागिआफ्ना मान्छेहरुपनिथिएनन् । सोधीखोजीपनि गरिएन। अर्को मनले भन्यो— अब्बलदर्जामा पर्न सकेको भएकिनलिँदैनथे होलार मलाई ?उनीहरुलाई चाहिएको राम्रो मान्छे । राम्रो मान्छे आएमाकिननलिने हँ? देशका लागि लड्न सक्ने जवानकालागि मेरो दक्षतानपुगेको कुरो स्वीकार गरेँ । यस्तो कुरा स्वीकार गरेपछि मन हल्काभयो ।
विजयपुर ब्यारेकबाट पोखरासम्मको यात्रा दूरीको हिसाबले लामो नभएपनि सोच्नका लागिभने यथेष्ट लामो थियो । भर्ना प्रक्रियालाई विचार गर्दैजाँदा राम्रोसँग बोल्न नसकेकै कारणले छनोट नभएको कुरामा म ढुक्क भएँ । वक्तृत्वको कुरा सम्झने बित्तिकै मेरा दाजु श्रृजन ज्ञवालीलाई सम्झें ।


उहाँ त्यति बेलापोखरा जेसीजमासंलग्नहुनुहुन्थ्यो ।जेसीजमै आवद्ध विकल शेरचन दाइ नेपाल जेसीजको राष्ट्रिय अध्यक्षभएको पनिताजै थियो । आनन्दराजमुल्मीदाइको एकाध भाषण पनि सुनेको थिएँ । त्यसपछि मलाई लाग्योः अलिकता अबेर गरेछु मैले । अलिकपहिले गएर भाषण गर्न सिकेको भए, फ्याट्टभाषण गर्थेँ । २ वर्षमा लप्टन भइसक्ने थिएँ । अनि त के चाहियो मलाई त्यो भन्दा बढी ?
मलाई यस्तो लाग्यो–यो सबै हुननसकेको त्यही पोखरा जेसीजमानलागेर हो । आजैबाट म पोखरा जेसीजको सदस्य बन्छु, बोल्न सिक्छु अनि टाठो हुन्छु । यस्तो गजबको बिचार खेलाउँदा खेलाउँदै म त घर आइपुगेको रहेछु । देवी दाइले कस्तो भयो आज भनेर सोधेपछि पो झस्केँ ।
घरमा आएपछि श्रृजन दाइलाई पोखरा जेसीजको सदस्यबनाउन अनुरोध गरेँ । उहाँपोखरा जेसीजको सक्रिय सदस्य हुनुहुन्थ्यो । उहाँको कुरा सुनेर हो वा जेसीज साँच्चिकै राम्रो भएर हो जेसीजका सदस्यलाई देख्नेबित्तिकै मेरो शीर श्रद्धाले निहुरिन्थ्यो ।


सदस्यबन्ने विचार आएकै भएपनि म दोधारमा परेको थिएँ । एकातिर मैले त्यो सम्मान, जुन मैले जसीज सदस्यलाई दिने गर्थेँ, बचाइरहन सक्छु कि सक्दिन भन्ने थियो । अर्कोतिर, जेसीजलाई धनीहरुको संस्थाभन्ने चलनथियो । त्यसैले खर्च थाम्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न खडा भएको थियो । श्रृजन दाइले सदस्यताका लागि कामअघिबढाउनु भयो । दुर्भाग्यको कुरा त्यो वर्षका लागिसदस्यबन्ने समय सकिइसकेको रहेछ ।

केही महिना पर्खेपछि फेरि भर्ना खुल्यो । नागरिकता र शैक्षिक प्रमाणपत्रहरु राखेर निवेदनहालेँ । केही महिनामामलाई सदस्यतादिने निर्णय भयो । त्यसपछि म पोखरा जेसीजको सदस्य बनें । निर्मल कार्की पोखरा जेसीजको अध्यक्ष हुनुहुन्थ्यो त्यो वर्ष । त्यसै वर्ष पोखरा जेसीजले राष्ट्रिय सम्मेलन होस्ट गर्दै थियो । मलाई लाग्छ म, देव क्षेत्री, विनोद जोशी, प्रकाशश्रेष्ठ, प्रदीपश्रेष्ठ लगायतले पोखरा जेसीजको सदस्यलिएका थियौं त्यो वर्ष ।


मलाई लागेको थियो पोखरा जेसीजमा लागेपछि म एकदम बोल्न सक्ने भएर निस्कने छु । सदस्य बनेपछि बल्लथाहा भयो जेसीज त वक्तृत्वकलाका लागिमात्रहोइन रहेछ । यो त सामुदायिक विकास, व्यक्तिगत विकास, व्यवसायिक विकास र अन्तर्राष्ट्रिय विकासका लागि रहेछ । यस्तो कुरा थाहा भएपछि म वक्तृत्वकलामाभन्दापनि सामुदायिकतथाव्यक्तिगतविकासमा लागें । बेलायतमा आएर पढाउँदा पनि त्यति बेलासिकेका कुरालाई उदाहरणका रुपमा प्रस्तुत गर्दा मलाई त रमाइलो लाग्छ नै । विद्यार्थी पनि रमाइलो मानेर सुन्ने गर्छन् ।

यस मानेमा जेसीजआफैंमा एउटा विश्वविद्यालय भएको महसुस हुन्छ ।हामी सदस्यहरु त्यसकाविद्यार्थी ।हुन त नियमअनुसार पोखरा जेसीजको सदस्यबन्नु भनेको जेसीजअन्तर्राष्ट्रियकै बन्नु हो । तर केही टेक्निकल कठिनाइका कारणले नेपाल जेसीजका शाखामा जति धेरै सदस्य भएतापनि सबै सदस्यको ड्युज नेपाल जेसीजमानजाँदो रहेछ । नेपाल जेसीजमागएका सबै सदस्यको ड्युजपनि जेसीज अन्तर्राष्ट्रियमा नजाँदो रहेछ । त्यसैले नेपालमा जेसीज सदस्यको संख्या धेरै भएर पनि जेसीज अन्तर्राष्ट्रियको आँखामाभने सानो देशको रुपमाचिनिदो रहेछ ।
सन २००३ का लागि जेसीआइ अध्यक्ष सिनेटर ब्रुस रेक्टरलाई लण्डनको भेटमा नेपालआउने निमन्त्रणा थिएको थिएँ । उहाँले घुम्नका लागिआफ्नो कार्यकाल सकेपछि आउने तर आफ्नो कार्यकालमाभने ठूला देशमाजाने कुरा राख्नु भएको थियो । पहिले त मैले भौगोलिकआधारमा देश सानो भएको अर्थ लगाएको थिएँ तर पछि सदस्य संख्याका आधारमा देश सानो भनेर बताउनखोजेको कुरा बुझें ।उहाँनेपालआउनु भएन ।

अन्तर्राष्ट्रिय अध्यक्षनेपालआएपनिनआएपनिपोखरा र पोखरा जेसीजको सम्बन्धभने नङ र मासुको जस्तै छ । एक अर्काका परिपूरक । मैले देखेको पोखरामाधेरै पानी बहिसकेको छ । धेरै परिवर्तन भएको छ । परिवर्तन केवलपोखराको सीमानामामात्रभएको छैन, पोखराको वातावरणमा भएको छ, जीवनको गुणस्तरमा भएको छ, सामाजिकबनोटमा भएको छ र संघ, संस्थाहरुमा पनिभएको छ ।
आफैंलाई सबल र सक्षमबनाउने काममा पोखराअघि बढिरहेछ, सँगसँगै पोखरा जेसीजपनि । यसका लागि पोखरा जेसीजले विश्वविद्यालयको भूमिकानिभाइरहेको छ ।

नेपाल जेसीजको राष्ट्रिय अधिवेशनको प्रत्यक्षदर्शी हुननपाएपनि यो लेखले केही हदसम्म भएपनिमलाई पोखरामा उपस्थित गराउनेछ । यो लेखमासंस्थाको नाम पुरानै तरिकाले प्रस्तुत गरेको छु । र, मलाई विश्वास छ यसले अर्थको बेअर्थ लाग्ने छैन ।

महाधिवेशनको सफलतात्यहीआएर अनुभव गर्ने विचार हुँदाहुँदै पनियस पटक आउन सकिएन ।सिनेटर ईश्वरप्रसाद कर्माचार्य लगायतको अधिवेशन समिति र पोखरा जेसीजकाअध्यक्षजेसी किरण केसी लगायत पोखरा जेसीजको कार्यसमिति र सदस्यलाई नेपाल जेसीजको महाधिवेशनको सफलताको शुभकामना दिन्छु । वर्तमानपरिवेशमाअहोरात्र नखटी यो महाधिवेशनको परिकल्पनापनि गर्न सक्ने अवस्था थिएन । साधुवाद छ यहाँहरु सबैलाई, जसले महाधिवेशनलाई सफल बनाईदिनुभयो ।

तपाईको प्रतिक्रिया