पोखरा जेसीज : हिजो र आज

समाधान संवाददाता २०७८ पुष १ गते १२:१४

युवा वर्गको व्यक्तित्व अनि नेतृत्व विकास गरी विभिन्न अवसर प्रदान गर्ने उद्देश्यसहित पोखरा जेसीज अघि बढिरहेको छ । हाल नेपाल जेसीज तथा अन्तर्राष्ट्रिय जेसीजका अभियानहरूमा पोखरा जेसीजले आफ्नो छुट्दै पहिचान बनाउन सफल भएको छ ।
दीपेन्द्र पहारी


प्रसंग २०३१ सालको हो । पोखराको भैरवटोलस्थित केही युवाहरुमा समाज रसमाजबासीहरुप्रति सेवाको भावना जागृत हुन पुग्यो ।यसै पनि तत्कालीन प्रशासनले टोल सुधार एवंसरसफाइका बारेमा खासै चासो नदेखाएको अवस्थाथियो । करीब एकै उमेरका ती युवाहरुबीच यस्तैविषयमा छलफल चलिरहेकै बेला एकदिन काठमाडौंजेसीजसँग आवद्ध एक व्यक्तिमार्फत जेसीज आस्थामारहेको ‘कि ईश्वरमा आस्था, मनुष्य जीवनलाई सार्थकताएवं उद्देश्य प्रदान गर्छ तथा ‘कि मानवताको सेवाजीवनको सर्वोत्तम कार्य हो’ भन्ने हरफको बारेमाजानकारी प्राप्त भयो। त्यसको लगत्तै काठमाडौं पुगीकाठमाडौं जेसीजका तत्कालीन अध्यक्ष गजेन्द्रबहादुरश्रेष्ठबाट जेसीजको विधान प्राप्त गरियो । त्यतिबेलाराष्ट्रिय अध्यक्ष जगदीश भक्त माथेमा एवं कार्यकारिणीउपाध्यक्ष राजेन्द्रबहादुर श्रेप्ठ हुनुहुन्थ्यो । उहाँहरुकोपोखरा आगमनमा न्यू होटल क्रिप्टलमा अभिमुखीकरणतालिम पनि सम्पन्न भयो ।


युवा शक्तिको यसै उदगारलाई सही सदुपयोगगर्ने एउटा प्लेटफर्मको आवश्यकतालाई मध्यनजरगर्दै २०३१ साल फागुन ३ गते तदानुसार फेब्रुअरी१४ तारिखका दिन तीनै २१ जना उत्साही युवाहरुकोहोटल याकमा भेला आयोजना गरियो । सोही भेलामा केशवलाल श्रेष्ठको अध्यक्षतामा एउटा तदर्थ समितिपनि गठन गरियो । विकलप्रसाद शेरचनको सुझावअनुसार गठन गरिएको संस्थाको नाम, ‘पोखरा जेसीज’राख्ने निर्णय भयो । जेसीजको इतिहास, मर्म, आस्थाआदिको ज्ञान बिनानै ‘पोखरा जेसीज’ नाम राख्नुकोपछाडि एउटै उद्देश्य थियो, त्यो हो– सामाजिक क्षेत्रमासेवाभावले कार्य गर्ने । जेसीजबारे पूर्ण ज्ञान भने पछिमात्रै थाहा हुन आएको थियो । २०३१ सालफागुन १७ गते उक्त तदर्थ समिति विघटन गरी नयाँ कार्यसमितिचयन गरियो तथा नेपाल जेसीजले सोही वर्ष चैत ३०गते विधिवत् रुपमा मान्यता प्रदान ग¥यो । २०३२साल जेठ १० गते तदानुसार मे २४, १९७५ का दिन तत्कालीन गण्डकी अञ्चलाधीशबाट राष्ट्रिय पदाधिकारीहरुकोसमेत उपस्थितिमा उदघाटन पनि गरियो । तत्पश्चात्सुरु भयो पोखराका युवामा रहेको अन्तरनिहीतप्रतिभालाई प्रस्फुटन गराई नेतृत्व र व्यक्तित्व विकासकोयात्रा ।

Advertisement


अझ पछाडि फर्केर हेर्ने हो भने सन् १९१५ मा अमेरिकाको सेन्ट लुइस सहरको स्थानीय नाच संरक्षणका लागि खुलेको हर्कलेनिस डान्स कलबपछि गएर जुनियर च्याम्बर इन्टरनेसनलको रुपमा स्थापित भई हाल १२० भन्दा बढी मुलुकहरुमा यसको शाखाहरु स्थापना भइसकेका छन् । नेपालमा भने संस्थापक डा. भेषबहादुर थापाको नेतृत्वमा, सन् १९६४ मा स्थापना भएको हो ।


तत्कालीन अवस्थामा भर्खरमात्र सहरी रुपधारण गर्ने तरखरमा रहेको पोखरामा अत्यावश्यक बसप्रतीक्षालयको निर्माण, अखबार पढ्न सुविधाका लागिअखबार पाटी निर्माण, जनस्वास्थ्य कार्यक्रम, सहरसफाई आभियान, निशुल्क टिबी र हैजा विरुद्ध सुई, बालस्वास्थ्य परीक्षण तथा औषधी वितरण,अन्तर्राष्ट्रिय साझेदारी विकासक्रममा जापानकोपाहुनाहरुलाई पोखरामा स्वागतजस्ता कार्यक्रम गर्दै आफ्नो अभियान चाल्यो, पोखरा जेसीजले । तत्पश्चात्, टेलिफोन डाइरेक्टरीको प्रकाशन,बहुसंख्यक सभाको आयोजना र पोखरामा पहिलोपटक रक्त वर्गीकरण अभियानको थालनी गर्दै रक्तदान कार्यक्रमको प्रारम्भ गरेको हो ।

Advertisement


गामीण क्षेत्रलाई लक्षित गरी अर्घांैको विकट गाउँमा विविधकार्यक्रम सञ्चालन, बालबालिकालाई निशुल्क स्वास्थ्य परीक्षणएवं औषधी वितरण, विविध तालिम कार्यक्रमहरुको थालनी,अन्तर्राष्ट्रिय बाल वर्षको उपलक्ष्यमा बाल बालिकाहरुलाईविभिन्न अवसरहरु प्रदान, आधारभूत शिक्षाका लागिपोखरामा पोखरा जेसीजको प्रयासमानर्सरी स्कुलको स्थापना, फुटबलखेलको प्रदर्शन गराई अर्थ संकलनको प्रयास, गरिब तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान, युवाखेलकुद विकासका निम्ति ब्याडमिन्टन तथा सडक दौडप्रतियोगिता सञ्चालन गर्दै गयो ।
त्यसपछि भने पोखरा जेसीजको वार्षिक अधिवेशन आयोजना गर्ने क्रममा, पोखराजेसीजलाई सचिवालयको आवश्यकता महसुस गरीसो निर्माण कार्यको थालनी, विभिन्न तालिम कार्यक्रमहरुसञ्चालन, अपांग वर्षको अवसरमा अपांगद्वारा तयारगरिएका हस्तकला सामाग्रीको प्रदर्शन, ‘इन्धन हाम्रो चिन्तन’ नारालाई सार्थक तुल्याउन डुंगादौड प्रतियोगिता आयोजना गरियो ।


जेसीजसचिवालयको व्यवस्थापनका साथै भवन भाडाद्वाराआर्थिक स्थिति मजबुत, पुष्प प्रदर्शनीको सुरुआत, ख्यातिप्राप्त कलाकारद्वाराविविध सांस्कृतिक कार्यक्रम, बाल प्रतिभाको कदर जस्ताकार्यक्रम आयोजनाका साथै ग्रामीण क्षेत्रलाई लक्षित गरी सराङकोट गाउँमाखानेपानीका लागि टंकी निर्माण, विद्यार्थी तथा गाउँबासीहरुको निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधीवितरण, परिवार नियोजनका लागि शिविर सञ्चालन,खानेपानीको निरन्तर वितरणका लागि वृक्षरोपण,पार्दी बाँधमाजेसीज पार्क निर्माणको सुरुआत, तत्कालीन अवस्थामादेशव्यापी रुपमा देखापरेको रोगदेखि सतर्कता अपनाउनग्रामीण क्षेत्रमा पर्चा वितरण कार्यक्रम गर्दै पोखरा जेसीजका अभियान अघि बढ्दै गए ।


सोही क्रममा सराङकोट गाउँस्थित माणिज्योति प्राविको थप कक्षा कोठाकोउदघााटन एवं बालबालिकाका लागि शौचालयकोनिर्माण,सराङकोटमा व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धानकेन्द्र कीर्तिपुरको सहयोगमा हावा ऊर्जाको स्रोतकोरुपमा ‘विन्ड मिल’ स्थापना गरी नेपालमै पहिलोपटकहावाबाट विद्युत उत्पादन गरी प्रदर्शन, जनस्वास्थ्यकार्यक्रम, दृश्य चित्र प्रदर्शनी, प्रशिक्षक प्रशिक्षणतालिम, कुष्ठरोगसम्बन्धी प्रवचन, लागु औषध सेवनतथा दुव्र्यसन विषयमा प्रवचन, सराङकोटलाई पर्यटनस्थलको रुपमा विकासगर्न गुरुयोजनाको डिजाइन तयार, विन्ध्यवासिनीस्थित सत्संग भवन निर्माण, महेन्द्रपुलको पुल पुनः निर्माणार्थ आर्थिकसहयोग, युनिसेफको सहयोगमा बाल महोत्सव कार्यक्रम,सराङकोट टावरको निर्माण,राष्ट्रिय कवि सम्मेलन, अन्तर क्याम्पस निबन्धप्रतियोगिता, पोखरामा पहिलोपटक प्रतिभाको परिचय (डबली)कार्यक्रम, प्रतियोगितात्मक कवि सम्मेलन आयोजना गरियो ।


समयक्रमसँगै कसेरीस्थितरत्न प्राथमिक विद्यालयमा शौचालय र खानेपानीयोजनाको प्रारम्भ,१९औंराष्ट्रिय महाधिवेशन सफलताका साथ सम्पन्न, सप्ताहव्यापी कार्यक्रम सम्पन्न, महेन्द्रपुलस्थित जेसीजभवन भत्काई पोखरा ११ रानीपौवापुरानोधारा नजिक ११ आना जग्गा नगरपालिकाबाटउपलब्ध, च्याउखेतीबारे प्रशिक्षण, सराङकोट ग्रामीणविकास परियोजनाको संरक्षक, आइएनजिओ÷एनजिओबीच समन्वयकार्यक्रम सम्पन्न भए ।


तत्कालीन अवस्थाको समसामयिक विषयकोसन्दर्भमा ‘अरुण तेसो जलविद्युत आयोजना’बारेराष्ट्रिय स्तरमा परिचर्चा कार्यक्रम, नवप्रतिभा प्रस्फुटन गराउनअभिनयप्रतियोगिता, पोखरामा पहिलो पटक मिस पोखराकार्यक्रम भव्यताका साथ सम्पन्न, अर्थ संकलनका लागि शिखर साँझ, साहित्यिक व्यङ्ग्य कार्यक्रम, जिल्ला कारागारमा पाठ्य सामग्री र पंखा सहयोग, महिला कानुनी हितसम्बन्धी चेतनामूलक कार्यक्रम, जिल्ला अदालतमा युरोगार्ड हस्तान्तरण, शान्ति जल यात्रा,बाह्र भैरव नाचका लागि आर्थिक सहयोग जस्ता कार्यक्रम गरियो ।


त्यस बीचमा पोखरा सहरले धेरै काँचुली फे¥यो । यी त पोखरा जेसीजका प्रतिनिधि अभियान मात्र हुन् । युवा वर्गको व्यक्तित्व अनि नेतृत्व विकास गरी विभिन्न अवसर प्रदान गर्ने उद्देश्यसहित पोखरा जेसीज अघि बढिरहेको छ । हाल नेपाल जेसीज तथाअन्तर्राष्ट्रिय जेसीजका अभियानहरूमा पोखरा जेसीजलेआफ्नो छुट्दै पहिचान बनाउन सफल भएको छ ।


जेसीजमासमाहित युवाहरू एउटा यस्तो शक्ति हुन् जसले सकारात्मकपरिवर्तनको जोशले परिस्थिति फेर्न सक्ने क्षमता राख्छन् ।विश्व परिवेशलाई नियाल्ने हो भने पनि हरेक शिखर चुम्नेकार्य युवाका कर्मठ अनि योग्य हातद्वारा नै सम्भव छ ।तसर्थ युवाले एक स्वच्छ अनि विकसित समाजको निर्माणगर्न सक्छ। नयाँ सोच र जांगरले आमूल परिवर्तन ल्याउनसक्छ । यी र यस्तै परिवेश अगालेको पोखरा जेसीज,आफैमा एक गौरवशाली संस्थाको रुपमा परिचित छ ।


युवाहरुलाइ सिर्जनशील, सीपयुक्त उद्यमी र जिम्मेबार बनाउनु आजको आवश्यकता हो । युवाहरुको संग्लनताबाट विकास र समृद्धि प्राप्तिका लागि महत्वपूर्ण भूमिका रहने हुँदा, युवाहरुको सहभागिता भएमात्र समाज र राष्ट्रको विकास हुन्छ । हाल पोखरा जेसीज ४६ औं वसन्तसम्म आइपुग्दा पोखरा जेसीजको आतिथ्यतामा नेपाल जेसीजको ४८औँ राष्ट्रिय महाधिवेशन पोखरामै सम्पन्न हुँदैछ । आसन्न उक्त महाधिवेशनमा नेपालभरि छरिएर रहेका विभिन्न १६१ शाखाका शाखा अध्यक्ष र प्रतिनिधि गरी करीब १३०० र अन्य पर्यवेक्षकहरुको उपस्थिति रहने छ ।यसअघि सन् १९८४ र सन् १९९२ मा राष्ट्रिय महाधिवेशन पोखरा जेसीजले आतिथ्यता गरिसकेको छ ।


अर्काेतर्पm कोभिड १९ ले विश्वलाई नै प्रभाव पारिरहेको बेला नेपाल सरकारले तोकेका स्वास्थ मापदण्डलाई पूर्ण पालना गर्दै महाधिवेशन सम्पन्न हुँदैछ । यसबाट पनि पोखराको पर्यटन क्षेत्रलाई उकास्न सहयोग पुग्नेछ भन्ने विश्वास लिइएको छ । समग्रमा, वर्तमान परिप्रेक्ष्यमा युवाहरुको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराई नेतृत्व र व्यक्तित्व क्षमता अभिवृद्धि गर्दै, पूर्ण व्यावसायिक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा स्थापित संस्था भएको छ, पोखरा जेसीज ।

तपाईको प्रतिक्रिया