नेतृत्व हस्तान्तरण जेसीजबाट सिक्नुपर्छ

सन्तोष शाही
पूर्वअध्यक्ष पोखरा जेसीज
पोखरा जेसीजले नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशनका लागि २९ वर्षपछि आतिथ्यता गर्ने अवसर पाएको छ । सन् १९८४ र १९९२ सालमा पोखरा जेसीजको आतिथ्यतामा पोखरामा नेपाल जेसीजको राष्ट्रिय अधिवेशन भइसकेका छन् ।
महाधिवेशनका लागिनेपाल जेसीजका अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले‘मानवीय विकासको लागि नेतृत्वको अभ्यास’ भन्ने नाराका प्रस्तुत गर्नु भएको छ । महाधिवेशनलाई जेसीजको मात्र नभएर समग्र पोखराबासीले महत्वपूर्ण अवसरको रुपमा लिनु पर्छ । ३हजार ५ सयदेखि ४ हजार युवाको जमघटले पोखराको पर्यटन प्रवद्र्धनमा सघाउनेछ । कोभिड १९ले २ वर्षदेखि थला परेको पर्यटनलाई उकास्न मद्दत गर्ने छ ।
महाधिवेशनका प्रतिनिधिलाई पोखराका पर्यटकीय स्थलको दृश्यावलोकन, तालिम फेलोसिपका कार्यक्रम तय भएका छन् । विभिन्न विधाका उत्कृष्ट १० युवालाई सम्मान गरिँदै छ । जेसीजका सदस्यबीच राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता, नेपाल जेसीजको दोस्रो साधारण सभा अन्तर्गत वर्ष २०२२का राष्ट्रिय अध्यक्ष लगायत पदाधिकारीको उम्मेद्वार प्रतिवद्धता (ककस) कार्यक्रम तालिका छ । त्यहाँ उम्मद्वारले चुनाव केन्द्रीत एजेन्डा प्रस्तुत गर्नुका साथै नेतृत्व चयन हुनेछ ।
। जेसीजको एक व्यक्ति, एक पद, एक वर्षको कार्यकालपछि स्वतः नेतृत्व हस्तान्तरण हुन्छ । सहज रुपमा नेतृत्व हस्तान्तरण लगायतका सवाल समाजका सामाजिक संघ, संस्था र राजनीतिक दलले जेसीजबाट सिक्नु पर्छ ।
महाधिवेशनले युवाको व्यक्तित्व तथा नेतृत्व विकासका अलवापोखराको समग्र पर्यटनमा सघाउनेछ । आर्थिक क्षेत्रलाई चलायमान बनाउन मद्दत गर्ने छ ।पोखरा जेसीजको पूर्व अध्यक्षको हैसियतले सूचना प्रविधि लगायत प्राविधिक पक्ष हेर्ने मेरो जिम्मेवारी छ । महाधिवेशनका सहभागी प्रतिनिधि तथा पर्यवेक्षकले अनलाइनबाट नाम दर्ता गरेका छन् । सहभागीलाई होटलको लोकेसन दिनेदेखि मिडिया व्यवस्थापनका लागि प्रयाप्त ध्यान दिएका छौं । प्रतिनिधि र सरोकारवालाले सचिवालयसँगै रहेको समितिबाट सबै सूचना प्रवाह गर्ने व्यवस्था मिलाएका छौं ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया