सडकमा खाजा खुवाउँदै लेकसिटीका विद्यार्थी

पोखरा ।
लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता र सामाजिक कार्य अध्यनरत विद्यार्थीले सहयोगापेक्षी सडक मानवलाई बिहानको खाजा वितरण गरेका छन् । पोखरा महानगरपालिका ४ गैह्रापाटनमा रहेको कलेजका विद्यार्थीले पोखराका विभिन्न ठाउँमा जाडोमा कठ्याङग्रिदै सडकमा छरिएर रहेकाहरुलाई बिहीबार बिहान खाजा वितरण गरेका हुन् ।
विद्यार्थीले पृथ्वीचोक, बसपार्क, चिप्लेढुंगा, विन्ध्यवासिनी लगायत ठाउँमा २५ जना बालकहरु तथा वृद्धवृद्धालाई चिया, खाजा खुवाइएको छ । आफूहरुले आफ्नै खाजा खर्च कटाएर सहयोगापेक्षी सडक मानवहरुलाई खाजा खुवाएको लेकसिटीकी एक विद्यार्थी स्मृति काफ्लेले जानकारी दिइन् ।
‘प्राय सडकमा अव्यवस्थित रुपमा छरिएररहेका बालबालिका हुन् या वृद्धवृद्धालाई हेला गरेको, घृणा गरेको धेरै भेटिन्छ,’ काफ्लेले भनिन्, ‘तर उनीहरु पनि हामी जस्तै मानव हुन्, माया दिन सक्यो भने उनीहरुको पनि जीवनशैली फेरिन सक्छ ।’ भोको पेट लिएर बसेकाहरुलाई खाजा खुवाएर र माया दिँदा खुसी लागेको उनले सुनाइन् । चिया र खाजा पाएका वृद्धवृद्धाले विद्यार्थीहरुलाई आशीर्वाद दिएका थिए ।
सामाजिक कार्य विषय पढिरहेको हुँदा त्यसको व्यावहारिक अभ्यास स्वरुप विद्यार्थीहरुले परोपकारका लागि खाजा वितरण कार्यक्रम गरेका हुन् । उक्त कलेजका विद्यार्थीहरुले यसअघि पनि समाजसेवा र कार्यको विभिन्न व्यावहारिक अभ्यास गर्दै आएका छन् ।








समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग
जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया