सूचना तथा प्रशारण विभागको टोली मुस्ताङमा

सुन्दरकुमार थकाली २०७८ पुष १ गते २१:२९
फोटो क्याप्सन ःसूचना तथा प्रशारण विभागको टोली मुस्ताङमा । तस्विर ःआदित्य रसाईली


जोमसोम—

Advertisement

पत्रकार क्षमता अभिवृद्धि तथा घुम्ती शिविर सञ्चालनका लागि नपाल सरकार सूचना तथा प्रशारण विभागको टोली मुस्ताङ आईपुगेको छ । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम तथा संञ्चार संस्था दर्ता ÷नविकरण र प्रेषकार्ड वितरण गर्ने कार्यक्रम लिएर विभागको टोली मुस्ताङको आएको हो ।
टोलीमा सूचना विभागका महानिर्देशक गोमन बहादुृर हमाल ,प्रशिक्षक डा. बिजय मिश्र र विभागका शाखा अधिकृत बशन्त खत्री लगायतका प्राविधिक टोली बिहिबार मुस्ताङ आएको हुन् ।सूचना तथा प्रशारण विभागको आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा मुस्ताङको सहकार्यमा शुक्रबार देखि ३ दिने पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । यस्तै ,विभागको टोली धवलागिरि अञ्चलका ४ जिल्लालाई लक्ष्य गरी अनलाईन तथा छापा मिडिया दर्ता तथा नविकरणका साथै विभागले उपलब्ध गराउने प्रेष कार्ड समेत सहज रुपले वितरण गर्ने कार्यक्रम छ ।
यसअघि नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका पदाधिकारीहरुले विभागको टोलीलाई स्वागत तथा सम्मान ब्यक्त गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सूचना तथा प्रशारण विभागका महानिर्देशक गोमन बहादुर हमालले उद्घाटन गरे ।महानिर्देशक हमालले समाज र नागरिकलाई सत्य तथ्य सूचना प्रवाह गर्न पत्रकार जगतको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।राज्यले विभिन्न ढंगले नागरिक समक्ष आफ्ना सेवाहरु पू¥याउने गरेको र त्यसलाई जनता माझ पू¥याउन र सूसुचित गराउन पत्रकार जगतको भूमिका उल्लेखनीय हुने विभागका महानिर्देशक हमालले बताए । पत्रकार र पत्रकारिता जगतले समाजलाई सुशासनको दिशातर्फ अघि बढाउन र राज्यलाई दिशानिर्देश गर्नुपर्ने उनले बताए ।
विभागका महानिर्देशक हमालले राज्यले पत्रकारहरुको सेवा सुविधाका लागि विभिन्न कार्यक्रम ल्याउन लागेका उल्लेख गरे ।

सूचना विभागका महानिर्देशक गोमन बहादुृर हमाल

‘चालु वर्ष सरकारको निति तथा कार्यक्रममा कार्यान्वयनको चरणमा ल्याएका छौं,मुलुकका स्वास्थ्य संस्थासंग समन्वय गरी पत्रकारलाई निशुल्क उपचार गर्ने कार्यविधि बन्दैछ ,उनले भने, बिमा कार्यक्रम अघि बढेको छ,सञ्चार सम्वद्ध संस्थाको ७५ प्रतिशत र विभागको २५ प्रतिशत व्यहोर्ने गरी विभागले कार्यक्रम ल्याउन लागेको छ ।’महानिर्देशक हमालले लामो समय देखि पत्रकारिता क्षेत्रमा समर्पित भएर लागेका पत्रकारलाई पत्रकार कल्याण कोषको ब्यवस्था गरेको जानकारी दिए । उनले पत्रकारिता क्षेत्रमा ३ दशक बढी बिताएका पत्रकारलाई मासिक सेवा सुविधा दिने ब्यवस्था तयारी गरेको बताए ।

दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम कार्यक्रममा मुस्ताङका डेढ दर्जन पत्रकारको सहभागीता रहेको जनाईएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाकी उपाध्यक्ष दुर्गादेवी रसाईली स्वागत र कार्यक्रम संञ्चालन शाखा सचिव सुशिलबाबु थकालीले गरेका थिए । विभागको टोलीले मुस्ताङमा अनलाईन दर्ता÷नविकरण र प्रेष कार्ड वितरणको कार्यक्रम समेत अघि बढाएको विभागका शाखा अधिकृत बशन्त बहादुर क्षत्रीले जानकारी दिए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया