५१७ मतले सहमहामन्त्रीमा पराजित भए देवराज चालिसे
समाधान संवाददाता
२०७८ पुष २ गते १६:२०
नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । पोखराका देवराज चालिसेलाई हराउँदै राठौर निर्वाचित भएका हुन् । देवराज ५१७ मतले पराजित भएका हुन् ।
किशोरसिंहले २५७६ मत पाए भने देवराजले २०५९ मत ल्याए । किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया