आइतबार सार्वजनिक बिदा
समाधान संवाददाता
२०७८ पुष २ गते १८:५०

काठमाडौँ – सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश-धान्यपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित
तपाईको प्रतिक्रिया