६७ देशबाट आउनेले तत्कालका लागि होटल क्वारेन्टिनमा बस्नु नपर्ने

काठमाडौं ।
अध्यागमन विभागले विभिन्न देशबाट नेपाल आउने यात्रुले हप्तादिन होटलमा क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरेको छ।
विभागले शुक्रबार सूचना प्रकाशित गरेर विभिन्न ६७ देशबाट आउने यात्रुले सात दिन होटलका क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो। तर शनिबार सूचना निकालेर हप्ता दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम तत्कालका लागि लागू नहुने गरी स्थगित गरिएको जनाएको हो। होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो।
अर्को सूचना जारी नभएसम्म क्वारेन्टिन बस्नु नपर्ने अध्यागमनले शनिबार जनाएको छ । तर, कोभिड मापदण्डसम्बन्धी अन्य नियमहरु पनि यथावत रहने अध्यागमनको सूचनामा उल्लेख छ । क्वारेन्टिन बस्नुपर्ने नियमको पर्यटन व्यवसायीले विरोध जनाएका थिए ।
‘अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटल क्वारेन्टिन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ। यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन्,’ सूचनामा भनिएको छ ।
विभागले शुक्रबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिका, युरोपका देशहरु, मलेसियासहित ६७ देशबाट आउने यात्रुले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने उल्लेख गरेको थियो।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया