प्रेस चौतारी कास्कीमा चुनिए ५ सल्लाहकार

पोखरा ।
प्रेस चौतारी कास्की शाखाले ५ जना सल्लाहकार चयन गरेको छ । शनिबार बसेको बैंठकले निवर्तमान अध्यक्ष माधवप्रसाद बराल, केशवशरण लामिछाने, केशव पाठक, इन्द्रप्रसाद पौडेल र राम गुरुङलाई सल्लाहकारमा चयन गरेको हो ।
चौतारीका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे र कोषाध्यक्ष इन्द्रप्रसाद आर्चायको प्रमुख आतिथ्यमा बसेको बैंठकले स्मारिका निकाल्ने निर्णय पनि गरेको छ । जिल्लाबाट हालसम्म स्मारिका ननिस्केकाले स्मारिका निकाल्न लागिएको अध्यक्ष अर्जुन गिरीले बताए ।
बैठकले हालै सम्पन्न ८ औं अधिवेशन सम्पन्न गर्न गठित निर्वाचन मण्डललाई धन्यवाद दिएको छ । बैठकले नेकपा एमालेको १० औं महाधिवेशनमा संस्थागत नेतृत्व गर्दै प्रचार प्रचारमा खटिने सहसचिव ईश्वर देवकोटा र सदस्य कार्यसमिति सदस्य माधव भुसाललाई धन्यवाद दिएको छ ।
३० सदस्यीय कार्यसमिति चौतारी कास्कीको अधिवेशनले चयन गरेको थियो । शनिबारको बैठकले ५ जनालाई थप गरेर ३५ सदस्यीय कार्यसमिति सदस्य बनाएको छ । माधव भुसाल, गिरिधारी पोखरेल, ऋषिराम दाहाल, सन्दीप खनाल, र अर्जुन परियार कार्यसमिति सदस्य चुनिएका हुन् । अध्यक्ष अर्जुन गिरी भन्छन्, ‘हामीहरुले सक्रियताको आधारमा कार्यसमितिमा चयन गरेका हौं । पत्रकारितामा सक्रिय भएर लाग्ने साथीहरुलाई काम गर्ने साथीहरुलाई चौतारी सबैलाई अवसर दिन्छ ।’
तपाईको प्रतिक्रिया