प्याब्सन कास्कीमा मथुरा पौडेल

समाधान संवाददाता २०७८ पुष ३ गते २१:२३

पोखरा ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको शनिबार भएको १९ औं जिल्ला अधिवेशनले मथुराप्रसाद पौडेलकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सचिवबाहेक ११ जना निर्विरोध चयन भएका हुन् । अधिवेशनले आगामी ३ वर्षका लागि कार्यसमिति चयन गरेको हो ।

Advertisement


कार्यसमिति सदस्यमा कृष्णकुमारी पहारी, रेखा थापा कार्की, विष्णु जिसी, पोखरा महानगरपालिकाबाट डिल्लीराम अर्याल र अन्नपूर्ण गाउँपालिकाबाट टीकाराम पौडेल चयन भएका छन् । बाँकी ३ जना सदस्यलाई पूर्ण बैठकले मनोनित गर्ने अध्यक्ष पौडेलले बताए ।


पुष्पराज पराजुली निर्वाचनमार्फत सचिव निर्वाचित भए । उनले डा. टेकनारायण पौडेललाई पराजित गरेका हुन् । वरिष्ठ उपाध्यक्ष उमा लामिछाने, उपाध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्ष वेदप्रसाद बास्ताकोटी, सहसचिव सन्दीप अधिकारी र सहकोषध्यक्ष मोहनलाल पौडेल चयन भएका छन् ।

Advertisement


कार्याक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ प्रमुख अथिति थिए । प्याब्सनका पूर्व अध्यक्षहरु, निवर्तमान अध्यक्ष प्रेम शर्मा, हिसान प्रतिनिधि लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया