२३९३ मत गन्दा गुरु बराल २४ औंमा, यज्ञबहादुर थापा ३५ बाहिरै

काठमाडौं ।
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना आइतबार फेरि सुरु भएको छ । शनिबारसम्म २३९३ मतगणना भइसकेको छ । त्यसपछि स्थगित गणना आइतबार सुरु भएको हो ।
कांग्रेस केन्द्रीय समितिमा खुलाबाट ३५ जना सदस्य निर्वाचित हुन्छन् । त्यसका लागि ९९ जनाको उमेदवारी परेको छ । २३९३ मत गणना हुँदा सबैभन्दा बढी शशांक कोइरालाले मत प्राप्त गरेका छन् ।
खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको छ । हालसम्म २३९३ मत गणना हुँदा निवर्तमान महामन्त्री डा. शशांक कोइराला १९७१ मतसहित पहिलो नम्बरमा छन् । उनले सुरूदेखि नै अग्रता लिइराखेका छन् । १५३८ मतसहित एनपी साउद दोस्रो नम्बरमा छन् भने १५०७ मतसहित बालकृष्ण खाण तेस्रो नम्बरमा छन् ।
कास्कीका गुरु बराल पनि ३५ भित्रै परेका छन् । अहिलेसम्मको नतिजाले उनी केन्द्रीय सदस्य हुने सम्भावना देखिएको छ । अर्का नेता यज्ञबहादुर थापा भने पछि परेका छन् । उनी ३५ भित्र पर्न सकेका छैनन् ।
३५ मा समेटिएका उम्मेदवार
१) शशांक कोइराला-२४४२
२) एनपी साउद-१८९६
३) बालकृष्ण खाँण-१८५१
४) उदयशमशेर राणा-१८०८
५) रमेश लेखक-१७८२
६) शंकर भण्डारी-१७७१
७) रामहरि खतिवडा-१७७०
८) ज्ञानेन्द्रबहादुर कार्की-१७६४
९) अर्जुननरसिंह केसी-१७१०
१०) जिपछिरिङ लामा-१६७४
११) गोपालमान श्रेष्ठ-१६४६
१२) जितजंग बस्नेत-१५९६
१३) डा. रामशरण महत-१५७७
१४) नैनसिंह महर-१५७१
१५) सुनिलबहादुर थापा-१५६६
१६) दिलेन्द्रप्रसाद बडू-१५४८
१७) बलबहादुर केसी-१५३८
१८) गोविन्द भट्टराई-१५२४
१९) मोहनबहादुर बस्नेत–१५२४
२०) दीपक गिरी-१४४८
२१) कुन्दनराज काफ्ले-१४२६
२२) सुरेन्द्रराज पाण्डे-१४१०
२३) पद्मनारायण चौधरी-१३७७
२४) गुरु बराल-१२३४
२५) सञ्जयकुमार गौतम-१२१९
२६) डा. गोविन्दराज पोखरेल-११९१
२७) राजीव ढुंगाना-११७८
२८) मदनबहादुर अमात्य-११५९
२९) दिनेश कोइराला-११५३
३०) गणेश लामा-११३४
३१) अजयबाबु शिवाकोटी-११३३
३२) मोहन आचार्य-११२६
३३) उमेशजंग रायमाझी-१११९
३४) डा. गोपाल दहित-१११८
३५) कृष्णकिशोर घिमिरे-११००








पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया