पर्यटन
घरपझोङ किल्लामा ‘स्तूप’ प्राण प्रतिस्थापन
समून्द्री सतहदेखि करिव ३८ सय मिटर अग्लो उचाईमा घरपझोङ किल्ला अवस्थित छ
जोमसोम—
मुस्ताङको घरपझोङ—५ मा पर्ने ऐतिहाँसिक घरपझोङ किल्लामा ‘ स्तुफा’को प्राण प्रतिस्थापन ( रम्जे ) गरिएको छ । थाक ५ गाउँ उद्दार समितिका पुराना र नयाँ पदाधिकारीहरुको उपस्थितीमा स्थानीय लामा गुरुहरुले धार्मिक अनुष्ठान गरी शनिबार पूर्णिमाको सुभ साईत जुराएर नव निर्मित स्तुफाको प्राण प्रतिस्थापन गरिएको थाक ५ गाउँ उद्दार समितिले जनाएको छ ।
समितिले ऐहिासिक धार्मिक स्थललाई चिनाउन स्तरोन्नतिको पहल गरेको जनाईएको छ । मुस्ताङमा कुनै पनि धार्मिक सुभकार्य सुरुआत गर्दा लामाहरु राखेर धार्मिक शास्त्र अनुसार पुजापाठ गर्नुपर्ने हुन्छ । किल्लामा रहेको स्तुफामा सर्वसाधारणले परिक्रमा गर्ने,बत्ती बाल्ने र धुपी चढाउने आदी गरिन्छ ।थाक ५ गाउँ उद्दार समितिले धार्मिक अनुष्ठान पुरा गरी किल्लामा रहेको स्तुफाको प्राण प्रतिस्थापन सम्पन्न गरेको हो ।
मुस्ताङ सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकाले सोही किल्लालाई घरपझोङ किल्लाको नामले नामाकरण गरेको थियो ।धार्मिक स्थलको रुपमा परिचित घरपझोङ किल्ला प्रचारप्रसारको अभावले ओझेलमा पर्दै आईरहेको छ । समून्द्री सतहदेखि करिव ३८ सय मिटर अग्लो उचाईमा घरपझोङ किल्ला अवस्थित छ ।
थाक ५ गाउँको सयुक्त साझा धार्मिक स्थल हो घरपझोङ किल्ला । ठिनी,स्याङ,मार्फा,जोमसोम र चिमाङ गाउँको पहलमा २०५८ सालमा सो स्थानको घरपझोङ किल्लाको टुप्पोमा धार्मिक स्तुफा थियो । स्तुफा जीर्ण हुँदै गएपछि थाक ५ गाउँ उद्दार समितिले स्तुफा निर्माणको पहल थालेको थाक ५ गाउँ उद्दार समितिका पूर्वअध्यक्ष एवं घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए ।
‘स्तुफा ज्यादै पुरानो र जीर्ण भईसकेकाले पूननिर्माण गर्न सम्भव देखिएन,अध्यक्ष थकालीले भने,‘ त्यसपछि पालिकाको बजेटबाट नयाँ स्तुफा निर्माण ग¥यौं ।’
घरपझोङ किल्लामा धार्मिक स्तुफा निर्माणका लागि गतवर्ष स्थानीय तहले १५ लाख बजेट बिनियोजन गरेको थियो ।तर,कोरोना कहरका कारण स्तुफा निर्माण ३३ प्रतिशत मात्र भौतिक प्रगती भएको थियो । चालु वर्ष उक्त बजेटबाट बाँकी रहेको स्तफा निर्माणको काम सम्पन्न भएको थियो ।यस्तै पालिकाकै अर्को १६ लाख बजेटबाट मुस्ताङको पर्यटकीय स्थल ढुम्बातालदेखि घरपझोङ किल्ला सम्म पैदलमार्ग स्तरोन्नति गरिएको थियो ।
संघीयता कार्यान्वयनसंगै घरपझोङ गापाले दोश्रो वर्ष घरपझोङ किल्ला स्तरोन्नति,संरक्षण र प्रचार÷प्रसारलाई प्राथमिकतामा राखेर काम गरेपनि धेरै काम गर्न अझै बाँकी रहेको घरपझोङ गापाका अध्यक्ष थकाली बताए ।उनका अनुसार गण्डकी प्रदेश सरकारबाट बिनियोजित बजेटबाट किल्ला सम्म पुग्ने रेलिङसहितको सिढि बाटो र स्वागत गेट निर्माणको काम पूरा भईसकेको छ ।
घरपझोङ किल्लाको महिमा ः
मुस्ताङको घरपझोङ किल्ला प्रसिद्ध धार्मिक गन्तब्यको रुपमा परिचित छ ।घरपको अर्थ अग्लो र झोङको अर्थ किल्ला हो। अग्लो स्थानमा किल्ला अवस्थित रहेकाले यस स्थानलाई घरपझोङ किल्ला भनिएको स्थानीयबासी बताउछन् ।यस्तै, घरपझोङ किल्लालाई मनले चिताएको स्थानको रुपमा पनि बुझ्ने गरिन्छ ।परापूर्व कालमा बाईसे र चौबिसे राजाहरुको पालामा घरपझोङ किल्लामा ठिनीका तीन आखे राजा ग्यल धाङमेचेनले राजकाज गथ्र्ये भन्ने धार्मिक किवंदन्ती छ ।
मुस्ताङ सदरमुकामदेखि घरपझोङ किल्लासम्म पुग्न पूर्व २ किमी दुरी तय गर्नुपर्ने हुन्छ ।ठिनी गाउँ देखि ठाँडो खोला तरेर उकालो उक्लिएपछि किल्ला पुग्न सकिन्छ ।घरपझोङ किल्लामा तीन आँखे राजाको दरबारसहित केही भग्नावशेष बस्ती रहेकाले त्यहा बस्ती थियो भन्ने तथ्य झल्काउँछ।त्यही किल्लामा अहिलेको ठिनी गाउँ थियो ।खानेपानीको समस्या भएपछि ठिनी गाउको बस्ती पूर्वतर्फको डाँडोमा स्थान्तरणको भएको कतिपय स्थानीयको भनाई छ ।
घरपझोङ गापाका अध्यक्ष आशबहादुर थकालीले घरपझोङ किल्लाको ऐतिहासिक तथ्य ईतिहासविद रमेश ढुङ्गेलको पुस्तकमा समेटिएको जानकारी दिए ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया