गण्डकीबाट महाधिवेशन प्रतिनिधि चौधरी भए केन्द्रीय सदस्य

समाधान संवाददाता २०७८ पुष ६ गते १५:३८


पोखरा ।
गण्डकी प्रदेशको नवलपुर जिल्लाबाट मेधेसी कोटाबाट महाधिवेशन प्रतिनिधि चुनिएका उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । चौधरीले २२०६ मत ल्याएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यमा ५ जना मधेसी कोटाबाट निर्वाचित हुने व्यवस्था छ । १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ मधेसी कोटाको मत परिणाम मंगलबार सार्वजनिक भएको हो ।


विनोद चौधरी मधेसी कोटाबाटै केन्द्रीय सदस्य भएका हुन् । उनीसँगै अजय चौरसिया २५२२ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् । प्रथम राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव २१३८ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

Advertisement

महेन्द्रकुमार राय १९८४ र दिनेशकुमार यादव १९५९ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पूर्वराष्ट्रपतिपुत्रबाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

त्यस्तै महिलातर्फ मुक्ता कुमारी यादव ३ हजार ९ सय ६९ मत, मिनाक्षी झा ३ हजार १२ मत, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ मत र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन्।

Advertisement

तपाईको प्रतिक्रिया