मुख्यमन्त्री पोखरेल र वाग्ले अघिअघि, कास्कीका अधिकारी पछि परे

समाधान संवाददाता २०७८ पुष ६ गते १७:०८

पोखरा ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अग्रता लिएका छन् । उनीसँगै तनहुँका ध्रुव वाग्ले पोखरेलभन्दा अघि छन् ।


२५०० मत गन्दा मुख्यमन्त्री पोखरेलले १२६५ मत प्राप्त गरेका छन् । वाग्लेले १४८३ मत ल्याएका छन् । रेशम बानियाले १०३९ र शोभियत अधिकारीले १०४२ मत प्राप्त गरेका छन् । गण्डकी प्रदेशबाट खुलाकोटामा मुख्यमन्त्री पोखरेलउम्मेदवारी दिएका हुन् । यो कोटाबाट २ जना निर्वाचित हुनेछन् । मतगणना जारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया