ओछ्यानमा पिसाब फेरेको निहुँमा बच्चालाई यातना दिने महिला पोखरामा पक्राउ

पोखरा ।
ओछ्यानमा पिसाब फेरेको निहुँमा ६ वर्षीय बालकलाई यातना दिएको आरोपमा एकजना महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका १५ गलेश्वर चोकमा रहेको न्यु लाइफ होस्टलकी वार्डेन जानुका नेपाली उक्त आरोपमा सोमबार पक्राउ परेकी हुन् ।
बालकको लिंगमा रबरले बाँधेर यातना दिएको उजुरी परेपछि वार्डेन नेपालीलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । वार्डेन नेपालीलाई बालबालिका विरुद्धको कसुरमा बालबालिका सम्बन्धी ऐन २०७५ अन्तर्गत ती महिलालाई मुद्दा चल्ने पनि प्रहरीको भनाइ छ । वार्डेन नेपाली नुवाकोटकी स्थायी बासिन्दा हुन् ।
कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट जानुकामाथि थप अनुसन्धानका लागि अनुमति लिइसकेको छ । प्रहरी हिरासतमै उनीमाथि अनुसन्धान हुनेछ । कास्की प्रहरीले आइतबार लागुऔषधसहित फूलबारी पोखराकी श्रीमाया विक भण्डारी र सिम्पानीका वीरबहादुर तामाङलाई पक्राउ गरेको थियो ।
तपाईको प्रतिक्रिया