गण्डकीका मन्त्री डोबाटे विक कांग्रेस केन्द्रीय सदस्यमा पराजित
समाधान संवाददाता
२०७८ पुष ८ गते १२:१९

गण्डकी प्रदेशका बिना विभागीय मन्त्री डोवाटे विक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित भएका छन् । बुधबार राति अबेर आएको परिणाम अनुसार विक पराजित भएका हुन् । कांग्रेस केन्द्रीय सदस्यमा दलितबाट ५ जना निर्वाचित हुने वैधानिक व्यवस्था छ । त्यसमा मन्त्री विक सातौं भए । ५ भित्र पर्न सकेनन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४, २५ र २६ गते भएको थियो । त्यसकै पूरै परिणाम अझै आइसकेको छैन ।
दलित खुला केन्द्रीय सदस्यको मत परिणाम
१. मानबहादुर नेपाली २२४०
२. प्रकाश स्नेही २२२६
३. नृप वड २१९५
४. हरिशरण २०५१
५. मैकुलाल नेपाली १८९२
६. बुद्धिराम हरिजन १८२६
७. डोबाटे विश्वकर्मा १८०१
दलितबाट महिला ४ जना विजयी भएका छन् । लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विक निर्वाचित भएका हुन् ।
सम्बन्धित








पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्की चीन प्रस्थान
हुँदीभन्ज्याङ मन्दिरका दाता सम्मानित
लेखनाथ डोजो च्याम्पियन
एमालेको ११ औं महाधिवेशन : गण्डकीमा महासचिवसम्मका आकांक्षी
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया