मसिनामा बन्यो चेतमान कार्की स्मृति खेल मैदान

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४, मसिना टोलमा मसिना खेलकुद मैदान बनेको छ । स्वगीय मानबहादुर कार्की र चेतकुमारी कार्कीको नामममा ४ छोरा र दुई नातिनातिनाले खेलकुद मैदानका लागि जग्गा दान गरेका छन् । छोरा रामजी कार्की, रोमबहादुर कार्की थमनबहादुर कार्की, कृतिबहादुर कार्की नातिनातिना अमृत जिसी तथा विश्वलक्ष्मी थापाले मानबहादुर कार्की र आमा चेतकुमारी कार्कीको स्मृतिमा खेलकुद मैदानको लागि करिब दुई रोपनी ८ आना जग्गा दान गरेका हुन् ।
साइनबोर्ड अनावरण, जग्गादातालाई सम्मान कार्यक्रम हालै सम्पन्न भएको छ । मसिना जग्गा व्यवस्थापन समितिले खेलकुद मैदानलाई पूर्णता दिएको हो ।उक्त खेलकुद मैदान निर्माणले नयाँ पुस्ताका लागि खेलकुदको अवसर अग्रजलाई खुट्टा तन्काउने खुला मैदान र युवा पुस्तालाई करसत र विकासको ढोका खोलेको मसिना खेलकुद मैदान व्यवस्थापन समितिकासचिव नेत्रबहादुर तिमिल्सिनाले बताए ।
गण्डकी प्रदेश सभाकी सदस्य गायत्री गुरुङले मैदान उद्घाटन गरेकी थिइन् । मसिना आधारभूत विद्यालयको विद्यार्थीलाई समेत उक्त खेलकुद मैदान उपयोगी हुने विश्वास गरिएको छ ।
खेलकुद मैदान निर्माणमा सहयोग पु¥याए स्वरुप समाजसेवीहरु बोधराज बराल, समाजसेवी लालबहादुर गुरुङ ख, मानबहादुर हमाल, औछ्यरी रानाभाट, सञ्जय पौडेल सम्मानित भएका थिए ।
मसिना टोल विकास संस्थाका संरक्षक तथा मसिना खेलकुद मैदान व्यवस्थापन समितिका संयोजक, शिक्षाप्रेमी रामचन्द्र सुवेदीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । भगवती आमा समूहका उपाध्यक्ष, समाजसेवी तथा खेलकुद मैदान जग्गा व्यवस्थापन समितिका सदस्य डिलसुभा गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।
मसिना टोल विकास संस्थाका अध्यक्ष पोसबहादुर गुरुङ, मसिना आद्यारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना, अधिवक्ता तथा समाजसेवी बोधराज बराल, मथुराप्रसाद पौडेल, पोखरा १४ का अध्यक्ष प्रेमबहादुर कार्की, मालपोत कास्की प्रमुख राजेन्द्र पौडेल लगायतले मन्तव्य राखेका थिए ।
रामजी कार्की, उमादेवी कार्की, रोमबहादुर कार्की, जयन्ती कार्की, थम्मनबहादुर कार्की, राधिका कार्की, कीर्तिबहादुर कार्की, अमृतबहादुर जिस, सीमा जिसी, विश्वलक्ष्मी थापा, अमरबहादुर रानाभाट,शान्ति रानाभाट, मनबहादुर मगर, सविता मगर, रामबहादुर रानाभाटकी आमा औछ्री रानाभाट लगायतलाई जग्गादान गरेस्वरुप सम्मान गरिएको थियो । जग्गा दान गर्नेले १० लाखको वार्षिक खेलकुदका लागि अक्षय कोष स्थापना गरेका थिए ।








समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना, मन्त्रीहरूद्वारा बजेट र कानुनको सुनिश्चितता
चरक हस्पिटल १४ औं वर्षमा : उत्कृष्ट कर्मचारी सम्मानित, बटुकलाई सहयोग
जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया