यी हुन् माओवादी राष्ट्रिय सम्मेलनमा जाने कास्कीका १३ प्रतिनिधि

पोखरा ।
नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि कास्कीबाट १३ जना प्रतिनिधि छनोट भएका छन् । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा कास्कीबाट केन्द्रीय सदस्यसहित १३ जना प्रतिनिधिले छनोट भएको गण्डकी प्रदेश कमिटी अध्यक्ष गायत्री गुरुङ ‘कुसुम’ले जानकारी दिइन् ।
पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा तय भएको माओवादी केन्द्रको सम्मेलनमा सदस्य संख्याको आधारमा राष्ट्रिय सम्मेलन प्रतिनिधि छनोट भएको गुरुङले बताइन् । सम्मेलनका लागि प्रतिनिधिमा गायत्री गुरुङ, आशमान रोका, रामजी बराल, बखानसिंह गुरुङ, गंगा पोखरेल, तेजकुमारी पौडेल, सुमन देवकोटा, दुर्गाकुमारी विक, सोमती गुरुङ, जगमाया सुनार, रुद्रप्रसाद गौतम, राजकाजी गुरुङ ‘करण’, दीपक कोइराला छन् । केन्द्रीय सदस्य करण र कोइराला स्वतः राष्ट्रिय सम्मेलन प्रतिनिधि भएका हुन् ।
माओवादी केन्द्र कास्कीका अनुसार जिल्लामा पार्टी सदस्य संख्याका आधारमा प्रतिनिधि छनोट भएका अध्यक्ष गुरुङ बताउँछिन् । माओवादी केन्द्रले वडा, टोल, पालिका हुँदै प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ । कास्कीमा पोखरा महानगरपालिका सहित ४ गाउँपालिकामा नेतृत्व चयन भइसकेको छ । पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट कास्कीमा १३ जना प्रदेश कमिटीमा चयन भएका हुन् ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया