लेखनाथ पत्रकारिता पुरस्कार समाधानकर्मी भीमपाणिलाई

पोखरा ।
लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष समाधान राष्ट्रिय दैनिकका लेखनाथ संवाददाताभीमपाणि बराललाई सम्मान गरिने भएको छ ।
समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एकजनालाई ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गरिँदै आएकोमा यस वर्ष बराललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल,लेखनाथ उद्योग वाण्ज्यि संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा महानगरपालिकाका प्रतिनिधि राममणि अधिकारी, पूर्व पुरस्कृत व्यक्तिहरुमध्येबाट रामप्रसाद तिमिल्सेना रहेको छनोट समितिले यस वर्ष बराललाई उक्त पुरस्कारका लागि छनोटगरेको हो ।
२०३२ साल असारमा पिता लक्ष्मीभक्त बराल र माता अम्बिका बरालको कोखवाट छ दाजुभाइमा ठूलोकान्छाको रुपमा जन्मिएकाबराल स्नातक तहसम्मको अध्ययन पूरा गरी२०५५ सालमा पोखरा हटलाइनबाट पत्रकारिताा सुरु गरी आदर्श समाज दैनिक हँुदै हाल समाधान राष्ट्रिय दैनिकको लेखनाथ संवाददाताको रुपमा कार्यरत छन् ।
पत्रकारिताको सिलसिलामा रेडियो वाराही, माछापुच्छ«े् एफएम र रेडियो अन्नपूर्णमा समेत कामको अनुभव संगालेका उनलाई राष्ट्रिय समाचार समितिमा समेत आवद्ध हुने अवसर समेत प्राप्त भएको थियो ।बराल लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । उनले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षलाई चिनाउदै लेखनाथ क्षेत्रका समाचार सम्प्रेषण गरिरहेका छन् ।
विभिन्न सामाजिक संघ सस्था आवद्ध हँुदै नेपाल पत्रकार महासंघ कास्कीको पूर्व कार्यसमितिको सदस्य र राष्ट्रिय पार्षद समेतको जिम्मेवारी वहन गरिसकेका बराल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
२०७३ सालदेखि निरन्तर रुपमा ११ हजार एक सय ११ रुपैयाँ राशिको यो पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल र परशुराम शर्माले प्राप्त गरिसकेका छन् ।यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्तीको मुल समारोह अर्घौ अर्चलेमा प्रदान गर्ने कार्यक्रम छ ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया