ल्होसार उल्लास सुरु

पोखरा ।
नेपालीहरुको एउटा महत्वपूर्ण पर्व ‘तमु लोसार’को उल्लास सुरु भएको छ । पुसको १५ गते तमु लोसार मनाइन्छ । यस अवसरमा तमु धिं नेपालले विभिन्न कार्यक्रम आयोजना गरेको छ । गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले लोसारका कार्यक्रमको शनिबार पोखरा नयाँबजारस्थित धिंको कार्यालय परिसरमा उद्घाटन गरे ।
लोसारका कार्यक्रम अनुसार शनिबार रोधिं साँझ आयोजना गरिएको छ । त्यस अवसरमा माया गुरुङ र शर्मिला गुरुङ लगायत कलाकारको प्रस्तुति थियो । लोसारका अवसरमा तमु धिंले शुभकामना आदानप्रदान, छेलो, तारा खेल मैदान उद्घाटन लगायत कार्यक्रम समावेश गरेको अध्यक्ष हुम गुरुङले जानकारी दिए ।
लोसार अवसरमा तमु धिंमा विभिन्न व्यक्तिको सम्मान, पुरस्कार र विद्यार्थीलाई छात्रवृत्ति वितरणसमेत गरिने भएको छ । पुस १४ मा हुने कार्यक्रममा गणेशबहादुर गुरुङ स्मृतिकोषबाट पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख जोर्ज जोनलाई १ लाख ११ हजार राशिको सम्मान सम्मान अर्पण गरिने भएको छ ।
तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृतिकोषबाट समाजसेवातर्फ समाजसेवी रुद्रकुमारी गुरुङ मैना, साहित्यतर्फ काठमाडौंकी उमा गुरुङ, समाजसेवी व्यक्तित्व इशा गुरुङ (युके), साहित्यतर्फ केहरसिंह गुरुङ (क्यानडा) लाई सम्मान गर्ने तमु धिंले निर्णय गरेको छ ।
तमु कर्णेल तीर्थकुमारी गुरुङ समाजसेवा पुरस्कारबाट समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङ, सन्तबहादुर गुरुङ स्मृति समाजसेवा पुरस्कारबाट युवा समाजसेवी गोपाल गुरुङ, स्व. घनबहादुर लामिछाने साहित्यिक पुरस्कारबाट साहित्यकार तेजबहादुर चाक्ली तमु, डा. हर्क–डा.चन्द्र–प्रा.सन्त गुरुङ शैक्षिक एवं समाजसेवा पुरस्कार समाजसेवी देवीराज गुरुङ पुरस्कृत एवं सम्मानित हुने छन् ।
सुनिल गुरुङ स्मृति छात्रवृत्ति शान्ति रुपा बराहथोक तमु समाजकी स्नेह गुरुङ, भुलभुला तमु समाजका सुशील गुरुङ र हल्जेभाइ तमु समाजका आयुष गुरुङलाई प्रदान गरिने भएको छ । आकृति स्मृति अक्षयकोषबाट खिलाङ गुरुङ समाजकी लीला गुरुङ, चिउली पार्चे तमु समाज सिक्लेसकी दुर्गा गुरुङ र चारभन्ज्याङ तमु समाज पर्वत भँगराकी बिन्ती गुरुङलाई गरिब तथा जेहेन्दार छात्रवृत्ति प्रदान गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए । पुस १५ र १६ मा सामूहिक ल्होसार कार्यक्रम हुने संयोजक सुरेन्द्र गुरुङले बताए ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया