सफल फेमिली मिल्क बजारमा

समाधान संवाददाता २०७८ पुष ११ गते १७:२६


पोखरा ।

Advertisement

आइएसओ सर्टिफाइड कम्पनी सुजल डेरी प्रालिले आफ्नो उत्कृष्ट उत्पादन सफल फेमिली मिल्क बजारमा ल्याएको छ । सुजल डेरी नेपालको दूध तथा दुग्ध पदार्थ उत्पादनमा अग्रणी कम्पनी हो ।

सफल फेमिली मिल्क उच्च गुणस्तरको गाई भैंसीबाट उत्पादित दूधलाई पोखरा तथा पोखरा नजिकका क्षेत्रबाट संकलन गरी कुनै किसिमको मिसावट नगरी आत्याधुनिक प्रविधिमा पास्चुराजइज गरी (विभिन्न हानिकारक किटाणुहरुलाई निष्कृय बनाई) तुरुन्तै उपयोगयोग्य बनाई बजारमा पठाइन्छ । यसो गर्नाले दूधमा स्वाद तथा गुणस्तर कायम रही स्वच्छता र ताजापन कायम हुने कम्पनीले जनाएको छ ।

‘सफल फेमिली मिल्कमा एसएनएफ र फ्याटको पुरै सन्तुलन मिलाइएको हुन्छ, जस कारण यो अन्य दूधभन्दा बढी स्वादिलो, नौनीमय र स्वास्थ्यवद्र्धक हुन्छ,’ कम्पनीले भनेको छ । यो दूधमा ८ दशमलव ५ प्रतिशत एसएनएफ हुने हुँदा क्याल्सियम, प्रोटिन र भिटामिनका साथै अन्य मिनिरल बढी पाइने कम्पनीको भनाइ छ ।

‘यो दूध पौष्टिकता बढी हुनुको साथ साथै शरीरलाई तन्दुरुस्ती राख्न मद्दत गर्छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘५ दशमलव ५ प्रतिशत फ्याट हुने हुँदा यसले दूधको मिठास कायम गरी दूधलाई अझै क्रिमियर बनाउँछ ।’

Advertisement


सफल फेमिली मिल्क पारदर्शी प्याकेजिङमा प्याक छ । ‘पारदर्शी प्याकले गर्दा दूधमा भएको बाक्लोपन महसुस गर्न सकिन्छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सफल फेमिली मिल्क शुद्धता पौष्टिकता र स्वादले भरिएको छ । परिवारलाई स्पूर्ति र स्वस्थ राख्नको लागि सफल फेमिली मिल्क ढुक्क भई पिऔ हेल्दी लाइफ जिऔं ।’

तपाईको प्रतिक्रिया