प्रेस चौतारीको महाधिवेशन माघ २२ गते पोखरामा
समाधान संवाददाता
२०७८ पुष १३ गते १४:३३

बुटवल ।
नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन पोखरामा हुने भएको छ । लुम्बिनीमा मंगलबारदेखि सुरु विस्तारित केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्लादेखि केन्द्रीय महाधिवेशनको मिति तोकेको छ । जिल्ला अधिवेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३–६, मा गर्ने निर्णय बैठकले गरेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया