डिभाइन युथ क्लबद्वारा विद्यार्थीलाई स्विटर र टोपी सहयोग

आकृति पहारी । पोखरा
डिभाइन युथ क्लब नेपाल कास्कीले मादी गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । मादी गाउँपालिका वडा नम्बर ६ तप्राङस्थित महारुद्र माविमा पुस १२ गते सोमबार आयोजित कार्यक्रममा क्लबले सो विद्यालयका ६० जना विद्यार्थीलाई स्विटर र टोपी वितरण गर्यो ।
क्लबले शिवशक्ति आधारभूत विद्यालयका १४ जना र भूमे आधारभूत विद्यालयका ६ जना गरी ८० जनालाई स्विटर र टोपी वितरण गरेको थियो । मादी गाउँपालिका वडा नं ६ का वडा सदस्य बलबहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी एवं स्थानीय सहभागी थिए ।
कार्यक्रममा गाउँपालिका सदस्य रानाले निम्न आर्थिक अवस्था भएका विद्यार्थीलाई युवाहरुले यस प्रकारको सहयोग गर्नु अनुकरणीय भएको भन्दै क्लबलाई धन्यवाद दिए । डिभाइन युथ क्लब नेपालले चिसो बढेसँगै न्यून आर्थिक अवस्था भएका सामुदायिक सरकारी विद्यालयमा अध्यायनरत छात्रछात्रालाई लक्ष्य गरी देशव्यापी न्यानो कपडा वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कास्कीमा रहेका क्लबमा आवद्ध सदस्यहरुद्वारा तिहारमा देउसी भैलो खेली संकलन गरिएको रकम र राधामाधव समिति नेपालमा आवद्ध साधकहरुद्वारा संकलित रकमबाट सेवा कार्य गरिएको क्लबका कास्की संयोजक अमृत क्षेत्रीले जानकारी दिए ।
स्वामी हरिदासजीद्वारा राधामाधव समिति नेपाल अन्तर्गत गठित डिभाइन युथ क्लब नेपालले देशका विभिन्न स्थानमा सामाजिक र अध्यात्मिक जागरणका कार्यहरु सञ्चालन गर्दै आएको छ । कास्की जिल्लामा पनि क्लबले विभिन्न विद्यालयका विद्यार्थीलाई सहयोग, वृद्धश्रम, अनाथालयमा आश्रितहरुको लागि सेवा तथा सहयोग, वातावरण सरसफाई, रक्तदान, वृक्षरोपण, युवा जागरण अभियान जस्ता थुप्रै रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।











सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया