टेनिसमा रोमाञ्चक प्रतिस्पर्धा

अभिषेक अधिकारी २०७८ पुष १३ गते २१:११

अभिषेक अधिकारी

Advertisement

पोखरा ।
पोखरामा जारी १८ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रन टेनिस प्रतियोगिताको तेस्रो दिन मंगलबार २८ खेल वटा भएको छ । महिलातर्फ ओपन डब्लस र पुरुषतर्फ ओपन सिंगल्स, डबल्स र भेट्रानतर्फका खेल भएका थिए ।


सिंगल्स ५५ वर्षमाथिको खेलमा राप्रपाका पूर्वअध्यक्ष कमल थापा पूर्व राष्ट्रिय टेनिस च्याम्पियन ६५ वर्षीया कृष्ण घलेसँग पराजित भए । सेमिफाइनल खेलमा घलेले थापालाई ६–३ र ६–३ को सेटमा पराजित गरे । खेल पश्चात आफ्नो सम्पूर्ण जीवन नै टेनिसलाई समर्पण गरेको घलेले बताए । १५ वर्षको उमेरदेखि नै टेनिस खेल्दै आएका घले २०४० सालमा पिएन क्याम्पसमा राष्ट्रिय टुर्नामेन्ट खेल्न आउँदा पोखराको गण्डकी बोर्डिङ स्कुलमा परालमा सुतेको सम्झन्छन् । लामो समयदेखि टेनिस प्रशिक्षण गराउँदै आएका कृष्ण घले जीवनमा आफू टेनिसबाहेक अन्य केही सोच्न नसक्ने बताउँछन् ।

Advertisement


फाइनलमा घलेको भेट काठमाडौंका विमल गुरुङसँग हुने छ । गुरुङले सन् २०१५ देखि टेनिस खेल्दै आएका हुन् । उनले घलेलाई यसअघिको टुर्नामेन्टमा हराइसकेको बताएका छन् । डबल्सतर्फको खेलमा आरभ हाडा र अक्की रावतको जोडीले लगातार दुई खेलमा जित निकाल्दै फाइनलको यात्रा तय गरे ।

बुधबार आरभ, अक्की, प्रणव, जितेन्द्र र प्रदीपको खेल हुँदैछ


क्वाटर फाइनलमा पोखराका प्रदीप खड्का र गोविन्द नेपालीलाई ६–३ र ६–२ को सेटमा उनीहरुले पराजित गरेका थिए । सेमिफाइनलमा भने काठमाडौंका दावा शेर्पा र निशान श्रेष्ठको जोडीलाई ६–१ र ६–२को सेटमा पराजित गर्दै बुधबार हुने फाइनलको यात्रा तय गरेका हुन् ।
नेपालका नम्बर एक वरीयताका खेलाडी प्रणव खनाल र जितेन्द्र परियारले गोविन्द र शक्तिको जोडीलाई पराजित गर्दै अक्की र आरभसँगको फाइनलको भेट तय गरेका छन् । प्रणव र जितेन्द्र दुवैले नेसनल सिंगल्सतर्फको राष्ट्रिय प्रतियोगिता जितिसकेका छन् । अक्की र आरभले सन् २०२०मा पाकिस्तानमा भएको आइटियफ जुनियर डबल्स टुर्नामेन्ट जितिसकेका छन् ।


पुरुष ओपनतर्पmको सिंगल्स क्वाटरफाइनल खेलमा आरभ हाडा, प्रणव खनाल, अक्की रावत र पोखराका प्रदीप खड्काले जित हात पारे । प्रदीप खड्काले गोविन्द नेपालीलाई ६–१, ६–४ को सेटमा, अक्की रावतले निशान श्रेष्ठलाई ६–३ र ६–१ को सेटमा, प्रणव खनालले विष्णु नेपालीलाई ४–६, ६–६ र ६–२ को सेटमा र आरभ हाडाले नेहालजंग थापालाई ६–२ र ६–०को सेटमा पराजित गरे ।


बुधबार हुने सेमिफाइनलमा प्रदीप र अक्कीबीच पुन जम्काभेट हँुदै छ । उनीहरु गत महिना प्रथम सेनापति टेनिस प्रतियोगितामा सोमिफाइनलमा नै भेट हुँदा प्रदीपले बाजी मारेका थिए । हाल राष्ट्रिय वरीयतामा २ नम्बरमा रहेका प्रदीप अक्कीलाई पुन हराउनेमा विश्वस्त रहेको बताउँछन् । गत वर्षको नोभेम्बरदेखि लगातार टुर्नामेन्ट खेल्दै आएका अक्कीले काँधको चोटका कारण फिजियोथेरापीको उपचार गराउँदै आएका छन् ।


बुधबार हुने देस्रो सोमिफाइनल खेलमा आरभ र हाल राष्ट्रिय वरीयताका १ नम्बरका खेलाडी र जुनियर डिभिजनका १४ वर्षीय खेलाडी आरभ हाडा भिड्दै छन् । अहिलेसम्म कुनै पनि टुर्नामेन्टमा यी दुईबीचको खेल हुन पाएको छैन । पोखराका स्टार खेलाडी प्रदीप खड्काले हाडा र खनालबीचको खेलमा खनालले बाजी मार्ने आकलन गरेका छन् ।


नेपालकी शीर्ष वरीयता प्राप्त खेलाडी सलोनी तामाङ र गंगा शर्मा प्रतियोगिताको महिला एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको सेमिफाइनलमा खेलाडी सलोनीले शर्भानी श्रेष्ठलाई ५–७, ६–३ र ६–० को सेटमा पराजित गर्दै अन्तिममा स्थान बनाएकी हुन् । गंगाले भगवती विकलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधीका लागि सलोनीसँगको प्रतिस्पर्धा निश्चित गरेकी हुन् ।
प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको पु्रुष एकलमा निरज थापा, दावा शेर्पा, भिष्म गुरुङ र सन्तोष खत्रीले अन्तिम चारमा स्थान बनाएका छन् । नीरजले सिमन्त गुरुङलाई ६–३, ६–३ ले, दावाले सञ्जयकुमार श्रेष्ठलाई ६–१, ६–२ ले, भीष्मले नवीन श्रेष्ठलाई ६–१, ६–१ ले तथा सन्तोषले जितेन्द्र परियारमाथि ४–६, ७–६ र सुपरटाईमा १०–३ को अत्यन्तै कठिन जित निकालेका हुन् । अब फाइनल पुग्न नीरजले भीष्मसँग तथा दावाले सन्तोषसँग प्रतिस्पर्धा गर्नेछन् ।


४५ वर्षमाथिको पुरुष एकलतर्फ चन्द्र शाही, उत्तम लामा, विनोद कायस्थ र विमल गुरुङले सेमिफाइनलको यात्रा तय गरेका छन् । चन्द्रले धरमबहादुर लामिछानेलाई ६–२, ६–३ ले, उत्तमले उत्तम बोगटीलाई ६–१, ६–० को सोझो सेटमा पराजित गर्दा विनोदले निकै नै प्रतिस्प्रधात्मक खेलमा भने शिव सेढाईमाथि १–६, ७–५ र सुपरटाईमा १०–७ को कठिन जित निकाले । अर्को खेलमा विमलले हुम आलेलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गरेका थिए ।


३५ वर्षमाथिको पुरुष डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले उपाधिका लागि राजु क्षेत्री र सुदर्शन विष्टको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ । भण्डारी जोडीले सिमान्त गुरुङ र भीष्म गुरुङको जोडीलाई ६–७, ६–१ र १०–३ ले तथा राजु जोडीले पोखराका राजन पौडेल र नवीन श्रेष्ठमाथि ६–२, ६–२ को नतिजा निकाल्दै फाइनमा स्थान सुरक्षित गरेका हुन् ।

तपाईको प्रतिक्रिया