
जोमसोम—
उपल्लो मुस्ताङमा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।हिउँ परेसंगै उपल्लो मुस्ताङको सडक यातायात सेवा प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
उत्तरी चिनसंग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउपालिकाका सबै क्षेत्रमा गएराती देखि भारी हिमपात भएको प्रजिअ शर्माले बताए ।यस्तैै, तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिका समेत करिव १ फिट हिउँ परेको प्रजिअ शर्माको भनाई छ । हिउँ परेसंगै जोमसोम—मुक्तिनाथ सडक र उपल्लो मुस्ताङको सडक यातायात सेवा समेत अवरुद्ध बनेको प्रजिअ शर्माले जनाए ।
हिउँ परेसंगै चिसो मुस्ताङमा झनै अत्यधिक बढेको तर स्थानीय जनजिवन प्रभावित नभएको प्रजिअ शर्माले उल्लेख गरे । उनका अनुसार उपल्लो मुस्ताङमा माईनस २० डिग्री तापक्रम पुगेको छ ।‘हामीले स्थानीयलाई चिसो र हिमपातबाट सुरक्षित रहन आग्रह गरेका छौं,प्रजिअ शर्माले भने,‘ कहिकतैबाट अहिलेसम्म हिमपातले असर पू¥याएको खबर प्राप्त भएको छैन,बरु यातायातका साधन संञ्चालनमा हिमपातले चुनौती थपिएको छ ।’
प्रजिअ शर्माले हिमपातका कारण मंगलबार राती बाग्लुङबाट उपल्लो मुस्ताङ पुगेर र्फिर्कएको पर्यटक सवार जीप वारागुङ मुक्तिक्षेत्र—३ समरको भीर नजिक हिउँमा फसेको जानकारी दिए ।जीपमा सवार यात्रुलाई उद्दार गरी समरको होटल हिमालीमा राखिएको उनले बताए । उपल्लो मुस्ताङबाट र्फिर्कएको जीप हिउँमा फसेको र चिसोका कारण स्टार्ट हुन नसकी बीच बाटोमा अड्किएको प्रजिअ शर्माले उल्लेख गरे । उनका अनुसार वारागुङ—३ स्थित छुसाङ प्रहरी चौकीबाट ट्याक्टर लिएर जीप उतार्ने प्रयास गरेपनि भारी हिमपातका कारण ट्याक्टर माथि जान नसकेको प्रजिअ शर्माले उल्लेख गरे । जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने सवारी साधनलाई हिमपात कारण सवारी नलैजान सुझाईएको छ ।

गत मंसिरको पहिलो साता उपल्लो मुस्ताङमा आंशिक हिमपात भएपनि तल्लो मुस्ताङमा हिउँ पर्न सकेको थिएन ।मुस्ताङको सबै स्थानमा हिमपात भएसंगै चिसो अत्यधिक बढेको प्रजिअ शर्माले बताए ।‘यो सिजनको पहिलो हिमपात भएको छ,हिजोदेखि अहिलेसम्म हिउँ परिरहेको छ,प्रजिअ शर्माले भने,‘ आज दिन भरी हिउँकाले उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका पुरै उच्चलेंक देखि बस्ती सबै चाँदी झै हिउले सेताम्मे भएका छन् ।’
मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिक्षेत्र आसपास मंगलबार अपरान्हदेखि सुरु भएको हिमपात बुधबार पनि हिउँ परिरहेको झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब सुवास अधिकारीले जानकारी दिए । हिउँ परेसंगै स्थानीय पर्यटन ब्यवसायीमा उत्साह थपिएको बताए । उनले मुक्तिनाथका पर्यटन ब्यवसायीहरु हिउँ परेपछि पर्यटक मुक्तिनाथ दर्शनसंगै हिउँ खेल्न र हेर्न आउने विश्वाशमा रहेको उनले उल्लेख गरे ।यस्तै,हिउँ परेपछि स्याउ लगायतका अन्नबाली फस्टाउने भएपछि मुस्ताङका किसान उत्सासहित बनेका छन् ।


सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया