खरानी घस्ने अवस्था आउन सक्छः यातायात व्यवसायी

समाधान संवाददाता २०७८ पुष १४ गते २१:१५

पोखरा ।
‘यो देशमा अब सरकारले चाहेमात्र व्यवसाय रहन्छ नत्र रहन्न,’ उनले भने । उनी अर्थात पोखरा ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले गणतन्त्र आएयता व्यवसायीको बेहाल आएको बताए । उनले थप भने, ‘व्यवसायीले खरानी घसेर हिँड्नुपर्ने अवस्था छ ।’ तिवारी बुधबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४४ औं साधारण सभा तथा ४१ औं वार्षिकोत्सवमा बोल्दै थिए ।


कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यातायातको हकमा समय सान्दर्भिक टेक्नोलोजी प्रयोग नगर्दा समस्या आएको बताए । ‘आजको दिनमा पनि हामीले पोखरा जस्तो सहरमा डिजिटल पेमेन्ट, जिपिएसको सुविधा प्रयोग नगर्दा व्यवसाय चल्न कठिन भएको छ,’ उनले भने । कानुनबाट परेको व्यवसायीलाई मारको विषयमा छलफलबाट निष्कर्ष निकाल्न सकिने उनले सुनाए ।

Advertisement


संघका महासचिव रामचन्द्र सुवेदीले सरकारी नियम कानुन छिन्छिन्मै परिवर्तन हुने हँुदा समस्या आएको बताए । मन्त्री खड्काले सो विषयमा नयाँ पोस्टिङ आउने यातायातका कर्मचारीले आफलाई निकै कडा छु भनी चिनाउन खोज्दा उक्त समस्या आएको बताए । नियम कानुन सबैका लागि सबैका लागि बराबर हुने भन्दै मन्त्री खड्काले व्यक्तिको सनकमा होइन राज्यको कानुनमा चल्नुपर्ने विचार व्यक्त गरे ।


कार्यक्रममा उत्कृष्ट चालक ऋतिक चौधरी, उत्कृष्ट कर्माचारीमा कार्यालय सहयोगी इच्छा सुवेदी, पूर्वअध्यक्ष तेजेन्द्र तुलाचन र व्यवसायीका छोराछोरी कुसुम श्रेष्ठ र सुशील भुजेललाई एसईईमा उत्तकृष्ट नतिजा ल्याएकोमा सम्मान गरिएको थियो । संघका अध्यक्ष रवीन्द्र गिरीले कार्यक्रम सफलताका साथ सम्पन्न सहयोग गरेको भन्दै सम्पूर्णलाई धन्यवाद दिए । गिरीले यहाँसम्म संघलाई यहाँसम्म पु¥याउनुको श्रेय सहयोग गर्ने सम्पूर्ण पदाधिकारीहरुलाई सुम्पिए ।

Advertisement

तपाईको प्रतिक्रिया