तालबाराही माविको वार्षिकोत्सव

समाधान संवाददाता २०७८ पुष १४ गते २१:२२

पोखरा ।
तालबाराही माध्यमिक विद्यालय पोखराले ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यव्रmम विविध सांस्कृतिक कार्र्यव्रmम, अक्षयकोष छात्रवृत्ति वितरण तथा पुरस्कार वितरणको साथमा सम्पन्न भएको हो ।

Advertisement


कार्यव्रmममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर क्षेत्रीले तालबाराही माध्यमिक विद्यालयले पोखराको शैक्षिक नेतृत्व गर्न सक्ने सम्भावना भएको बताए । अबको समयमा शिक्षाको गुणस्तरका साथै जीवनोपयोगी र व्यावहारिक शिक्षाको आवश्यकता भएको कुरामा उनले जोड दिए । शिक्षा विकास तथा समन्वय एकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले विद्यालयको उन्नति र प्रगतिमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको महत्वपूर्ण भूमिका रहनेमा जोड दिए ।


पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिका क्षेत्रमा वडा कार्यालयले सदा साथ दिन तयार रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले आगामी शैक्षिक सत्रदेखि विद्यालयमा प्राविधिक विषय सञ्चालन गरी रोजगारमूलक शिक्षा दिन लागेको बताए । विद्यालयका प्रधानाध्यापक ताराप्रसाद पोखरेलले गत विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अबको पाँच वर्षमा विद्यालयलाई देशकै नमूना विद्यालय बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।


विद्यालय निरीक्षक रामप्रसाद तिवारीले तालबाराही माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा अगाडि बढ्नुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रेमराज पहारीले तालबाराही माध्यमिक विद्यालय बैदामबासी समुदायको मात्र नभएर पोखराकै पहिचान भएको सुनाए ।


कार्यव्रmममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष पर्शुराम पहारी, पूर्व वडा अध्यक्ष गोविन्दकुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णप्रसाद आचार्य, पूर्वप्रधानाध्यापक टीकाराम पण्डित, विद्यालयका सहायक प्रधानाध्यापक यदुराज पोखरेल, सहायक प्रधानाध्यापक द्रोणराज भुत्र्याल, शिक्षक प्रतिनिधि देवी केसी, पूर्व शिक्षक विजया बरालले मन्तव्य राखेका थिए ।

Advertisement


उक्त अवसरमा विद्यालयमा उत्कृष्ट योगदान दिने वर्ष शिक्षक तथा कर्मचारीहरू पदमप्रसाद दवाडी, मिना पराजुली, देवी केसी, तुलसी भण्डारी, सबिना पहारीलाई सम्मान गरिएको थियो । सोही व्रmममा केही दिन पहिला सेवा निवृत्त शिक्षक विजया बराललाई विदाईसमेत गरिएको थियो ।
कार्यव्रmममा अक्षयकोष स्थापनाकर्ता कृष्णराज पहारी, श्रीकृष्ण पहारी(कटहरे), चेतभक्त न्यौपाने, तारानाथ अधिकारी, र विद्यालयमा सरस्वती मन्दिर निर्माणमा सहयोग गर्ने निर्मला पहारीलाई सम्मान गरिएको थियो । सोही व्रmममा तालबाराही माध्यमिक विद्यालयमा स्थापना गरिएको अक्षयकोष छात्रवृत्ति ४ लाख २५ हजार रुपैयाँ कक्षा १ देखि १२ सम्म अध्ययन गर्र्ने गरिब तथा जेहेनदार छात्रछात्रालाई प्रदान गरिएको थियो । विद्यालयबाट २०७७ सालको कक्षा १२ को बोर्ड परीक्षामा सहभागी विद्यार्थीमध्ये शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने गणित विषयका शिक्षक माधवप्रसाद पौडेललाई सम्मान गरिएको थियो । त्यसै गरी २०७७ सालको एसइई परीक्षामा ३.२ जिपिएभन्दा बढी ल्याउने विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया