पोखरामा जारी १८ औं पोखरा ओपन तथा भेट्रान टेनिस
कमल थापा र झ्याम्पा जोडी ५५ वर्षमाथिको च्याम्पियन

पोखरा ।
नेपालकै शीर्ष वरीयताकी सलोनी तामाङले पोखरामा एकैपटक दुईवटा उपाधिमा आफ्नो नाम लेखाएकी छन् । उनले उमन्स सिंगल र डबल्स गरि दुई वटा उपाधिमा कब्जा जमाइन् । बिहीबार भएको उमन्स सिंगलमा उनले गंगा शर्माको चुनौतीलाई ६–२, ६–० को सहज सेटमा पार लगाइन् । उमन्स डबल्सतर्फ सलोनी र माहिका राणा जोडीले सुभांगीलक्ष्मी शाह र अभिलाषा विष्टको जोडीमाथि ६–१, ६–३ को नतिजा निकाल्दै उपाधि रक्षा गर्न सफल भए ।
३५ वर्षमाथिको डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रथम स्थान हाँसिल गरे । राजु क्षेत्री र सुदर्शन विष्ट जोडीसंगको अन्तिम भेटमा भण्डारी जोडीले ६–४ र ७–६ को नतिजा निकाल्दै अब्बल हुन सफल भए । ५५ वर्ष माथिको एकलतर्फ कृष्णराज घलेलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै विमल गुरुङले उपाधि आफ्नो पोल्टामा पारे ।
प्रतियोगितामा ५५ वर्ष माथिको डबल्स स्पर्धामा नेपालका भेट्रान्स च्याम्पियन कमल थापा र झ्याम्पा ढुण्डुपको जोडी प्रथम हुन सफल भए । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा थापा जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ संघर्षपूर्ण जित दर्ता गरे । खेलको समापनसँगै सिंगलतर्फ सोमिफाइनालिस्टसमेत रहेका थापाले देहोरो पुरस्कार पाएका छन् । ६५ वर्ष माथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङलाई ४–०, ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भए ।
३५ वर्षमाथिको सिंगल्स भेट्रानतर्फको सेमिफाइनलतर्फको खेलमा सन्तोष खत्री र भीष्म गुरुङ विजयी भएका छन् । सन्तोषले दावा शेर्पालाई ६–१ र ६–१को सेटमा र भीष्मले नीरज थापालाई ३६ ६३ र १० २को सेटमा पराजित गिर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
४५ वर्षमाथिका भेट्रन तर्फको सेमिफाइनल खेलमा विमल गुरुङले विनोद कायस्थलाई ६ ० र ६ २ को सेटमा पराजित गरेका छन् । दोस्रो सेमिफाइनल खेलमा चन्द्र साहीले उत्तम लामालाई ६ १ र ६ १ को सेटमा पराजित गर्दै फाइनलमा गुरुङसँगको फाइनल यात्रा तय गरेका छन् ।
बिहीबारै उमेन्स सिंगल्स डबल्स विजेता, उपविजेता र सेमिफाइनालिस्ट र पुरुष ओपनतर्फका उपविजेता, ५५ वर्षमाथिका सिंग्ल्स सेमिफाइनालिस्ट, डबल्स विजेता, र ४५ वर्ष माथिका डबल्स सेमिफाइनालिस्टहरुलाई पदक र नगदका साथ सम्मान गरिएको छ । शुक्रबार हुने पुरुष ओपन सिंग्लस्, ३५ वर्षमाथिका सिंग्लस ४५ वर्ष माथिका सिंग्लस र डबल्स तर्फको फाइनल खेल हुनेछन् । उक्त खेल पश्चात बाँकी सम्पूर्ण विजेता, उपविजेता र सम्पूर्ण विजेतालाई पुरस्कृत गरिने आयोजकले बताएको छ ।
तपाईको प्रतिक्रिया