बुद्ध मार्ग आमा समूहको पदस्थापना

समाधान संवाददाता २०७८ पुष १७ गते १८:३२


पोखरा ।
पोखरा महानगरपालिका ८ र ९ चिप्लेढुंगास्थित बुद्धमार्ग आमा समूहको पहिलो कार्यसमितिको पदस्थापना भएको छ । नारायणी पौड्याल अध्यक्षता रहेको ११ जनाको कार्यसमितिको पदस्थापना गरिएको हो । समूहको उपाध्यक्ष रमा श्रेष्ठ, सचिव उमा कुवँर, सहसचिव मन्दिरा श्रेष्ठ, कोषाध्यक्ष सकुन्ताल गैरे छन् ।

Advertisement

सदस्यहरुमा झरना भण्डारी, सरस्वती प्रधान, सुमित्रा गुरुङ, संगीता बराल, पर्वती नेपाली, पार्वती ज्वारचन छन् ।


पदस्थापना कार्यक्रममा पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछानेले महिला, आमा दिदीबहिनीहरुको सशक्तीकरण र उन्नयन तथा टोलको विकासमा पोखरा वडा नं ९ सधैं तत्पर रहेको बताए ।

Advertisement

कार्यक्रममा गण्डकी यातायात व्यवसाय समितिका उपाध्यक्ष ऐनकुमार शाही, सिद्धार्थ क्लबका पूर्व अध्यक्ष दीपेन्द्र मरासिनी, पोखरा महानगरपालिका वडा नम्बर ९ का सूचना अधिकारी लोकदर्शन कोइराला, वडा नम्बर ९ का महिला सदस्या गीता नेपालीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । बुद्ध मार्ग आमा समूहकी सचिव उमा कुवँरले संस्थालाई १५ हजार रुपैयाँ सहयोग गरेकी छन् । उनलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया