शिक्षा

घरपझोङका बालविकास शिक्षकलाई पोखरामा मन्टेस्वरी तालिम

समाधान संवाददाता २०७८ पुष १७ गते २०:१५


जोमसोम—

Advertisement

मुस्ताङको घरपझोङ गाउँपालिकाले शिक्षकहरुलाई ६ दिने मन्टेस्वरी तालिम दिएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका ८ विद्यालयका शिक्षकलाई प्रारम्भिक वालविकास केन्द्र सम्वन्धि मन्टेस्वरी तालिम दिईएको हो ।

चिसो मौसममा सबै विद्यालयहरुको हिउँदे बिदा सुरुभएको र बिद्यालयको पठनपाठनमा असर नपर्ने गरी वालविकास केन्द्रमा कार्यरत शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । पुस ११ गतेदेखि पोखरा नदीपूर स्थित फुलबारी मन्टेस्वरीमा शुक्रबार तालिम समापन भएको हो ।

Advertisement

तालिममा १० जना शिक्षक÷शिक्षिकाको सहभागीता रहेको थियो । तालिममा बालविकास तथा व्यवस्थापनको तरिका,शिक्षण विधिको ज्ञान,शिक्षण सामाग्री निर्माण,औपचारिक शिक्षामा प्रबेशको लागि दक्ष बनाउने,मन्टेस्वरी पद्यतीका आधुनिक सिकाई र बालवालिकाको मनोभावना अनुरुप खेलका माध्यमबाट सिकाउने तरिका लगायतका बिषयमा शिक्षकहरुलाई तालिम दिईएको घरपझोङ गापाले जनाएको छ ।

घरपझोङको आयोजना तथा फुलबारी मन्टेस्वरी पोखराको सहकार्यमा भएको ६ दिने तालिम कार्यक्रमको पालिका उपाध्यक्ष शर्मिला गुरुङले उद्घाटन गरेकी थिईन् । उपाध्यक्ष गुरुङले गाउँपालिकाले बालविकास कक्षालाई प्रभावकारी बनाउन र शिक्षकहरुको मनोबल बढाउन विभिन्न कार्यक्रम आयोजना गरेको बताईन् । उनका अनुसार शिक्षक तलब, दिवाखाजा, कक्षाकोठा ब्यवस्थापन, शिक्षण सामाग्री र तालिममा जस्ता कार्यक्रममा पालिकाले बजेट बिनियोजन गर्दै आईरहेको उल्लेख गरिन् ।

यस्तै,पालिकाका शिक्षा शाखा प्रमुख हिमलाल शर्माले ६ दिने मन्टेश्वरी तालिम उपलब्धी मुलक भएको बताए । पालिका मार्फत संञ्चालन गरिएको मन्टेस्वरी तालिमको प्रशिक्षण आरुना शेरचनले गरेकी थिईन् ।
तालिम अबधि भरको लागि स्टेसनरी सामाग्री लगायतमा फूलबारी फाउन्डेसन पोखरामा करिव २५ हजार बराबरको सौजन्य गरेको थियो । फूलबारी मन्टेस्वरी नदीपुर पोखराको असल अभ्यासहरुको अवलोकन गर्दै यथेस्ट सामाग्रीहरुकोबीचमा बाल विकासका शिक्षकहरुलाई सिक्ने अवसर गाउँपालिकाले फूलबारी मन्टेसरी नदीपुर पोखरामा सञ्चालन गरेको ।
फूलबारी फाउण्डेसनकी सदस्य सबी शेरचन तथा प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले तालिम सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया