स्याङ्जाली तमु समाजको ल्होसार

लेखनाथ ।
गुरुङ समुदायको महानपर्व ल्होसार पर्वको अवसरमातमु प्ये ल्हु स्याङ्जाली तमु समाजले राखेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीहरुले तमु जातिको संस्कृतिको रक्षा गर्ने जिम्मा स्वयं तमु जातिको नै भएको बताएका छन्।
स्याङ्जा जिल्लाबाट पोखरा २६मा बसोबास गर्दै आएका तमु समुदायको सामूहिक सस्था स्याङ्जाली तमु समाजले शनिबार गाई वर्गको विदाई र बाघ वर्गको स्वागत गर्दै राखेको ल्होसार पर्वका सहभागी वक्ताहरुले शास्त्र हराए संकार हराउँछ,संस्कार हराए संस्कृति हराउँछ,संस्कृति हराए मानवको चिनारी हराउँछ भन्दै तमु जातिको संस्कृतिलाई रक्षा गर्ने जिम्मा स्वयं तमुहरुमा भएको बताए।
लेखनाथमा आयोजना गरिएको सामूहिक तमु ल्होसारका सहभागीहरुले नेपाल एकीकरणदेखि हालसम्म मुलुकका हरेक परिवर्तनमा गुरुङ समुदायको उल्लेख्य भूमिका रहेको चर्चा गर्दै त्यसको सम्मान राज्यले गर्नुपर्ने बताए ।
तमु प्ये ल्हु स्याङ्जाली तमु समाजका अध्यक्ष अनरी क्याप्टेन नेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष तथा परम संरक्षक सुवेदार इमबहादुर गुरुङ,पूर्व अध्यक्ष क्याप्टेन डिकबहादुर गुरुङ,निवर्तमान अध्यक्ष मोहनप्रसाद गुरुङ, नवदीप इङलिस बोर्डिङ स्कुलकी प्रिन्सिपल तथा समाजका सदस्य कौशल्या गुरुङ लगायतले तमु जातिको संस्कृतिलाई संरक्षण गर्न युवा समुदायलाई परिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
गुरुङ समुदायको मौलिक संस्कृति झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको कार्यक्रममा उपाध्यक्ष रेनु गुरुङले स्वागत र सचिव क्याप्टेन बिलबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
सोही अवसरमा गत शैक्षिक सत्रको एसइई परीक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल निकीता गुरुङ र मेलिना गुरुङ र समाजको परम संरक्षक बनेका सार्जन खिमबहादुर गुरुङ,श्रीमती मीनश्री गुरुङ र तोपबहादुर गुरुङलाई समेत सम्मान गरिएको थियो ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया