जोमसोम र लुक्लामा नेपाल वायु सेवाको जहाज खै ? ः सांसद तुलाचन

सुन्दरकुमार थकाली २०७८ पुष १९ गते १३:५१
फोटो फाईल ःजोमसोम विमानस्थलमा निजी कम्पनीको जहाज । सुन्दरकुमार थकाली


जोमसोम—

Advertisement

मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले नेपाल सरकारको स्वामित्वमा रहेको वायु सेवा निगमको टुईनेटर जहाज मुस्ताङको जोमसोम र सोलुखुम्बुको लुक्ला क्षेत्रमा पठाईनु पर्ने माग गरेका छन् ।
संसद भवन सिंहदरबारमा बिहिबार बसेको अन्तराष्ट्रिय सम्वन्ध समितिको बैठकमा संघीय सांसद तुलाचनले सरकारको स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमलाई माथि उकास्न हिमाली क्षेत्रमा नियमति हवाई उडान सेवा सञ्चालनमा ल्याउन संस्कृति ,पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेको ध्यानआर्कषण गराएका हुन् ।‘वाईट बडी र न्यारो बडी जहाजको कुरा म गर्दिन, साना १८ सिटे टुईनेटर जहाजको कुरा गर्दैछु,सांसद तुलाचनले भने,‘ नेपाल एअरलाईन्स अरबौ रुपिया घाटामा भएको सुनिएको छ ,तर के कारणले नपाल वायु सेवा निगम घाटामा गयो ।?
कर्मचारी र निजी एअरलाईन्स कम्पनीबीचको मिलोमतोकै कारण नेपाल वायु सेवा निगम घाटामा गएको दावी गरे ।हाम्रा सरकारी जहाज डलर कमाउने स्थानमा पठाईदैन,कम आयआर्जन हुने स्थानमा मात्र पठाईने गरिएको छ ,सांसद तुलाचन,‘निजी एअरलाईन्स डलर आम्दानी हुने स्थानमा जाउ,सरकारी जहाज कम पैसा आउने स्थानमा जाउ भन्ने सेटिङ छ ।डुबे सरकारी कम्पनी डुब्छ ,बने निजी कम्पनी फस्टाउछ भन्ने मानसिकता बिद्यमान छ ।’ सांसद तुलाचनले जोमसोम र लुक्ला जस्तो डलर कमाउने ठाउँमा किन पठाईदिन जहाज भनी मन्त्री आले समक्ष प्रतिप्रश्न गरे ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ जस्तो ठाउँमा नेपाल वायु सेवा निगमको सेवा सुन्य रहेको बताए । मुस्ताङमा हवाई यात्रुले टिकट नपाएर रुवाबासी गर्नु परेको उल्लेख गर्दै सांसद तुलाचनले लामो समय बितिसक्दा समेत नेपाल वायु सेवा निगमले मुस्ताङमा जहाज नपठाएको उल्लेख गरे ।उनले निजी एअरलाईन्स कम्पनी भन्दा सरकारी एअरलाईन्स कम्पनी फस्टाउन सके सेवा फराकिलो हुने अपेक्षा गरे ।

मुस्ताङमा तारा एअरलाईन्स र समिट एअरलाईन्सको टुईनेटर जहाजले सेवा दिर्दै आईरहेपनि कोरोना कहरपछि पोखरा—जोमसोम हवाई सेवा नियमित हुन सकेको छैन ।कोरोना कहरपछि सञ्चालनमा आएको पोखरा—जोमसोम हवाई सेवा विदेशी पर्यटक कम हुन थालेपछि उडान स्थगित गरिएको छ । मुस्ताङको जोमसोममा नेपाल वायु सेवा निगमको अफिसियल टिकट बुकिङ काउन्टर रहेपछि विगत ७ वर्षदेखि वायु सेवा निगमको उडान ठप्प छ ।वायु सेवा निगमको जोमसोममा कार्यालय रहेपनि सेवा नहुदा मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई समस्या पर्ने गरेको छ ।

Advertisement

निगमको जोमसोम कार्यालयमा दुई जना कार्यालय सहयोगी छन् ।नेपाल वायु सेवा निगमले यसअघि हरेक हप्ता सोमबार र बिहिबार पोखरा—जोमसोम हवाई उडान गर्ने गथ्र्यो । निजी एअरलाईन्स कम्पनीले विदेशी र भारतीय पर्यटकको फलो बढ्ने बेलामा मात्र उडान भर्ने गरेकोमा अहिले पोखरा—जोमसोम हवाई उडान नियमित हुन सकेको छैन । हवाई उडान ठप्प भएसंगै मुस्ताङबाट अतिआवश्यकीय सेवाका साथै ईमरजेन्सी बिरामीलाई पोखरा—काठमान्डौं लैजान समस्या पर्ने गरेको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया