जनप्रियको क्लास रुमबाट समाधान न्युजरुममा पत्रकारिताका विद्यार्थी

पोखरा ।
जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत आमसञ्चार र पत्रकारिताका विद्यार्थीले सोमबार पोखराका विभिन्न सञ्चारगृहको स्थलगत अवलोक भ्रमण गरे ।
छापा पत्रकारिताको अवलोकनका लागि समाधान राष्ट्रिय दैनिक पुगेका विद्यार्थीलाई सम्पादक केशवशरण लामिछानेले ‘प्रिन्ट इज प्रुफ’ को मर्म प्रस्ट्याउँदै समाधान दैनिक पोखराको पहिलो रंगीन पत्रिका भएको बताए । लामिछानेले भने, ‘हामी न्युज ब्रेकिङको पछि लाग्दैनौं सत्यतथ्यमा आधारित भएर राम्रो समाचार दिन्छौं ।’ विद्यार्थीका जिज्ञासालाई सम्बोधन गर्दै उनले भने, ‘अरू सञ्चार माध्यममा नआएका खबर दिनु नै हाम्रो मूल ध्येय हो । विद्यार्थीले समाधान राष्ट्रिय दैनिक प्रकाशन हुने छापाखानाको अवलोकन गर्दै मुद्रण प्रक्रियाको जानकारी लिएका थिए ।
क्याम्पसमा आमसञ्चार तथा पत्रकारिताको सैद्धान्तिक ज्ञान लिएका विद्यार्थीले प्रयोगात्मक र व्यावहारिक सिकाइका लागि सिटी वान टेलिभिजनको समाचार कक्ष, दृश्य सम्पादन कक्ष र स्टुडियो अवलोकन गरेका थिए । टेलिभिजनका प्रोडक्सन म्यानेजर विष्णु गौतमले टेलिभिजनको महत्व, सञ्चालन प्रक्रिया र प्रभावका बारेमा विद्यार्थीलाई अवगत गराएका थिए । गौतमले टेलिभिजनमा रुचि हुने विद्यार्थीका लागि काम गर्ने अवसरको ढोका खुल्ला रहेको जनाए ।
विद्यार्थीले विद्युतीय सञ्चारको श्रव्य माध्यम सामुदायिक रेडियो सराङकोटको कार्यक्रम प्रसारण प्रक्रिया अवलोकन गरे । कार्यक्रम संयोजक सुरज आचार्यले सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो सराङ्कोटको प्राविधिक कक्ष, समाचार कक्ष, रेकर्डिङ कक्ष र स्टुडियोको बारेमा जानकारी गराए । समुदायका लागि समर्पित रेडियो सराङ्कोटले पोखरा आसपासका क्षेत्रमा आफ्नो प्रभाव कायम गरेको जानकारी दिए ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले सैद्धान्तिक ज्ञान लिएका विद्यार्थीलाई व्यावहारिक अभ्यासका लागि सञ्चारगृह अवलोकन गराउनु सह्रानीय भएको बताए । सामाजिक शिक्षण विभागका विभागीय प्रमुख वेदहरि तिमिल्सनाले ३० प्रतिशत प्रयोगात्मक ज्ञान र सिपका लागि अवलोकन भ्रमण फलदायी रहेको जनाए । सञ्चारगृहको स्थलगत अवलोकनमा २७ जना विद्यार्थीको सहभागिता थियो । भ्रमणको सहजीकरण उपप्राध्यापक सुरेश रानाभाटले गरेका थिए ।








सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया