मुस्ताङमा सेनाको विपद् सम्वन्धि डेमो अभ्यास

सुन्दरकुमार थकाली २०७८ पुष २१ गते १९:१९
फोटो ः मुस्ताङको जोमसोममा नेपाली सेनाको विपद् सम्वन्धि डेमो अभ्यास ।सुन्दरकुमार थकाली

जोमसोम—
मुस्ताङ जिल्लामा घट्ने सक्ने सम्भावित सबै प्रकारका विपद्का घटना न्यूनिकरणका लागि बुधबार जोमसोममा विपद् सम्वन्धि डेमो प्रर्दशन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय मुस्ताङको सहकार्य तथा जोमसोम स्थित बज्रदल गणको आयोजनामा जिल्ला स्थित सरकारी तथा गैर सरकारी निकायको समन्वयमा विपद् प्रतिकार्य सम्वन्धि डेमो अभ्यास गरिएको हो ।

विपद्को पूर्वानुमानपछि त्यसको न्यूनिकरणका लागि अपनाईने उपायका साथै विपद् व्यवस्थापन क्रियाकलाप समन्वयात्मक र प्रभावकारी बनाउन जनचेतनामूलक डेमो प्रर्दशन गरिएको हो ।सेनाले प्राकृतिक तथा गैर प्राकृतिक रुपले सृजना हुने विपद्का घटना न्यूनिकरण गर्न र सर्वसाधारण नागरिकको जिउधनको रक्षा गर्ने पूर्वसर्तकताका लागि डेमो अभ्यास गरेको हो ।प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक सरचनाहरुको सरक्षण गर्ने उद्देश्यले विपद् प्रतिकार्य अभ्यास गरेको बज्र्रदल गणले जनाएको छ ।

जिल्ला खेलकुद विकास कार्यालयको प्राङ्गणमा भएको विपद् अभ्यासमा नेपाली सेनासहित अन्य सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले सहभागीता जनाएको हो । हिमपहिरो जाँदा,खाना पकाउने ग्याँस सिलिण्डरमा आगो लाग्दा अपनाउनु पर्ने सावधानीका उपाय सम्वन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाईएको छ ।

Advertisement

भूकम्पले पुलहरु भत्किएको तथा हिमपहिरो गएको र बिजुली सर्ट भईं बस्तीमा आगलागी हुदाको अवस्थालाई परिकल्पना गरी डेमो अभ्यास गरिएको बज्रदल गण जोमसोमले जनाएको छ । यसका साथै सेनाले सबै प्रकारका विपद् रोकथाम तथा ब्यव्सथापन गर्ने उपायका साथै विपद्मा परी घाईते बिरामीको उद्दार गरी अस्पताल तथा स्वास्थ्य केन्द्रमा पठाउने नमूना अभ्यास गरेको थियो ।नेपाली सेनासहितको टोली गरेको विपद् अभ्यास अवलोकनका लागि २ सय जना स्थानीयले सहभागी जनाएका थिए । मुस्ताङको माईनस डिग्री तापक्रममा समेत सेनाको डेमो हेर्न वरपरका गाउँका मासिनहरु जोमसोम आईपुगेका थिए ।

यसअघि विपद् व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा स्थानीय तह लगायत उपस्थितीमा सर्वदलीय तथा सर्वपक्षिय बैठक आयोजना गरिएको थियो ।प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षमा बिहिबार भएको बैठकमा सरोकावाला निकायले मुस्ताङमा हुने सम्भावित जोखिम तथा त्यसको रोकथामका उपाय सम्वन्धि विभिन्न सुभाव पेश गरेका थिए ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया