चिली क्वोंइबो धींको उद्घाटन २८ गते

पोखरा ।
कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेसमा निर्माण भएको चिली क्वोंइबो धींको उद्घाटन पुस २८ गते हुने भएको छ । चिली क्वोंइबो समितिका अनुसार २८ गते विधिवत उद्घाटन कार्यक्रम सँगसँगै क्वोंइबोका जग्गादाता तथा आर्थिक, भौतिक र नैतिक सहयोग गरेका देशविदेशका व्यक्तिविशेष, संघसंस्थाहरुलाई धन्यवाद सहित सम्मान गर्ने कार्यक्रम छ ।
२९ गते बाँकी रहेका सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम हुने समितिका सचिव गेहेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार सांस्कृतिक कार्यक्रमका लागि रुपा गुरुङ र बेलबहादुर गुरुङले संयोजन गर्नेछन् ।
उदघाटन कार्यक्रमका लागि आउने पाहुनाहरुको व्यवस्थापनका लागि सिक्लेस युवा क्लवले स्वयंसेवक परिचालन गर्ने क्लवका अध्यक्ष पदम गुरुङले बताए । यसअघि २०७७ वैशाख २२ गते र २०७८ वैशाख २५ गते गरी २ पटक उदघाटनका लागी मिति तय गरिएकोमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण प्रशासनले जारी गरेको निषेधाज्ञाको पालना गर्दै कार्यक्रम स्थगित गरिएको अर्थ संकलन समितिका संयोजक पमबहादुर गुरुङले सुनाए ।
कास्की क्षेत्र नं १ का सांसद खगराज अधिकारीबाट समितिको पूर्ववत् निर्णय वमोजिम उदघाटन कार्यक्रम राखिएको पनि गुरुङले जानकारी दिए । करिब १७ रोपनी क्षेत्रमा बनेको चिली क्वोंइबोभित्र क्वोंइबो धीँ, कार्यालय, कार्यालय सहयोगी आवास कक्ष, पितृहरुको स्मृतिमा ५ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने दाताका पितृका मूर्तिहरु, १ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेकाहरुहरुको फोटो, तथा अन्य सहयोगीको नामावली मार्बलमा लेखिएको छ ।
घुमाउने घर, पितृका नाममा बत्ती बाल्ने कक्ष, तमु प्ये ताँ, ल्हु ताँ बारे अध्ययन गर्न इच्छुक प्रशिक्षार्थीहरुका लागि प्रशिक्षण कक्षहरु, हल तथा कोठाहरु, पुस्तकालय, गुरुङ संग्रहालय, विशिष्ठ अतिथि कक्ष, तथा अन्य अतिथिकक्षहरु, भान्छाघर, ढिकी, ढुंगधारा, हेली प्याड लगायत निर्माण गरिएका छन् ।
क्वोंइबो परिसरभित्र गुरुङ परम्परा अनुसार गरिने जन्म, विवाह, मृत्यु संस्कार लगायत सबै किसिमका कार्यक्रम गर्न सकिने योजनाका साथ संरचनाहरु निर्माण गरिएको निर्माण समिती संयोजक डब्लुटुओ बलबहादुर गुरुङले बताए ।
चिली क्वोंइबो नेपालभरकै नमुना बनेको दाबी गर्दै यहाँ गुरुङले मात्र नभई गैरगुरुङले पनि कुनै पनि किसिमका कार्यक्रम गर्न सक्ने डब्लुटुओ गुरुङले जानकारी दिए । उहाँका अनुसार संरचना निर्माणमा २ करोड १५ लाख र ५० लाख रुपैयाँ भित्री अन्य सजावटहरुमा गरी हालसम्म करिब २ करोड ८५ लाख खर्च भएको छ ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया