पोखराको नदिपुरमा हिँडिरहेकाे नगर बसको पाङग्रा जमिनमुनि गड्यो

पोखरा ।
पोखरा महानगरपालिका ३ नदिपुरमा जमिन भासिएर गाडीको पाङग्रा जमिन मुनि गडेको छ । पोखरा नगर यातायात प्रालिको ग १ ख ६४५४ नम्बरको बस छोरेपाटन तर्फ जाँदै गर्दा गाडीको अगाडि पटीको पाङग्रा जमिन मुनि पसेको हो ।
नदिपुरकाे सडक केही दिनअघिमात्र अस्फाल्ट पिच सम्पन्न भएको थियाे । गुडिरहेको गाडिको पाङग्रा एकासि जमिन मुनि खसेपछि बस भित्रका यात्रुहरु त्रसित भएर भागाभाग चलेकाे एक स्थानीयले बताए ।
गत भदै १६ गते नदिपुरमै अविरल वर्षाले जमिन भासिदा तीन वटा घरमा सहित सडकमा क्षति पुगेको थियो । पोखरामा जमिन भासिने भइरहेपनि बिहीबार के भएर जमिन भासियो नखुलेको प्रहरीले जनाएको छ ।
पाेखरामा प्राकृतिक कारण जमिन भासिने सम्भावन बढि भएपनि बिहीबार गुडिरहेको गाडी भासिनुले प्रश्न चिन्ह खडा गरेकाे छ । एक स्ठानीयका अनुसार भखरै सम्पन्न अस्फाल्ट पिच गर्दा राम्राेसँग माटाे नपुदा भासिएकाे बताए । भुगर्भविद्हरुका अनुसार पोखराको जमिन भासिनुमा अव्यवस्थित ढलले सडक निमार्णमा लापरबाहि यसका कारणहरु हुन् ।
भुगर्भविदका अनुसार पोखराको महेन्द्रपुल, अर्मला, सिमलचौर, सितापाईला विन्ध्यवासिनी, नदीपुर, मालेपाटन, छोरेपाटन लगायतका क्षेत्रको जमिन कमजोर छ ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया