हिउँ पन्छ्याएर कोरला सडक खुलाईयो

सुन्दरकुमार थकाली २०७८ पुष २४ गते २०:१३
फोटो ः पालिकाको पहलमा डोजरले पन्छ््याईयो कोरला सडकको हिउँ

जोमसोम—

उत्तरी कोरलानाका जोड्ने उपल्लो मुस्ताङको जोमसोम—कोरला सडक माथि थुप्रिएको हिउँ उपकरणको सहायताले पन्छ््याईएको छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी कोरला सडकको हिउँ पन्छ््याईएको हो ।

पालिकाले शुक्रबार र शनिबार दुईदिन लगाएर उपल्लो मुस्ताङको कोरला सडक माथिको हिउँ पन्छ््याएको हो । हिउँ पन्छ््याएपछि सडक आवागमन सञ्चालनमा ल्याएको हो । लो—ध्ये क्न्ट्रक्सनको डोजर भाडामा लिएर हिउँ पन्छ्याईएको गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । उनका अनुसार जोमसोम—कोरला सडक अन्तर्गत वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ देखि स्याङवचे र स्याङवचे देखि लोघेकर गापा—१ चराङ सम्मको करिव ५० किमी सडकको हिउँ पन्छ््याइएको हो ।

Advertisement

एक साताअघि उपल्लो मुस्ताङ क्षेत्रमा ३ फिट र तल्लो मुस्ताङमा २ फिट बढी हिउँ परेको थियो ।भारी हिमपातका कारण जोमसोम—कोरला सडक , मुक्तिनाथ सडक र बेनी—जोमसोम सडक अवरुद्ध भएको थियो । बाँक्लो हिमपातले सडक अवरुद्ध भएपछि मुक्तिनाथ दर्शन गर्ने तिर्थालुलाई समस्या परेको थियो भने उपल्लो मुस्ताङमा सवारी आवागमन पुरै ठप्पै भएको थियो ।

मुक्तिनाथ सडकको हिउँ सुरक्षाकर्मीले पन्छ्याईएको थियो भने बेनी—जोमसोम सडकको घाँसादेखि लेतेसम्मको हिउँ उक्त खण्डमा काम गर्ने कन्ट्रक्सनले सफा गरेको थियो । तर, कागबेनी देखि माथि कोरला सडकको हिउँ पन्छ््याउन नसक्दा सवारी साधन चल्न सकेका थिएनन् ।
उपल्लो मुस्ताङको चराङसम्म हिउँ पन्छ््याईपछि उपल्लो मुस्ताङ जाने पर्यटक तथा स्थानीय सर्वसाधारणलाई आउजाउमा सहज भएको गापा अध्यक्ष बिष्टले उल्लेख गरे ।हिमपातका कारण यसअघि सडक माथि बाँक्लो हिउँ जमेकाले एक सातासम्म सडक अवरुद्ध भएको अध्यक्ष बिष्टले बताए ।
हिउँदको हिउँ पर्ने समय अझै थाँती छ । कार्तिक देखि फागुनसम्म हिउँ पर्ने सम्भावना रहन्छ ।उपल्लो मुस्ताङ जाने सडक आवागमन अवरुद्ध हुँदा खाद्यान्न लगायतका अतिआवश्यकीय सामाग्री ढुवानी तथा सदरमुकामसम्म पुगेर स्वास्थ्य सेवा लिन अप्ठेरो पर्ने भएकाले स्थानीयले सडकको हिउँ पन्छ्याउन अनुरोध गरेका थिए ।हिउँ पर्ने समय थाँती रहेपनि जनताको सुविधाका लागि पालिकाकै पहलमा हिउँ पन्छ््याउने काम गरेको अध्यक्ष बिष्टले उल्लेख गरे ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया