पोखराको सडकमा एलजीको डेमो

पोखरा ।
एलजी कम्पनीले सडकमा डेमो प्रदर्शन गरेको छ । शनिबार पोखराको विरौटामा विशेष कार्यक्रम गरी एलजी कम्पनीका सामग्रीको डेमो प्रदर्शन गरिएको हो । एलजी कम्पनीले आफ्नो उत्पादनको उपयोगिताबारे सडकमै डेमो देखाएको कम्पनीका सेल्स इन्चार्ज चेतराज भट्टले जानकारी दिए ।
एलजीले पोखरासहित देशका विभिन्न ठाँउमा आफ्नो उत्पादन प्रमोट गर्न, उपभोक्तमाझ गएर उत्पादनको महत्व र प्रयोगबारे बुझाइरहेको छ । ‘शनिबार विरौटाको शाखा ब्रान्च सीता एन्ड सन्स अगाडि डेमो प्रदर्शन गरेर उपभोक्तालाई बुझाएका हौं । आइतबार पोखराकै न्युरोडमा डेमो छ,’ भट्टले भने, ‘त्यहाँ पनि हामी उपभोक्तालाई एलजीका नयाँ सामानको फाइदा, महत्व र प्रयोगबारे बुझाउँछौं । यो विशेष कार्यक्रममा आउने ग्राहकलाई विशेष अफर पाउँछन् । एलजीबारे बुझ्न आइतबार न्यूरोड आउनुहोस् ।’
एलजीले देशभारका विभिन्न सहरमा यो कार्यक्रम १ महिनासम्म गर्ने जनाएको छ । आइतबार पोखरा, स्याङ्जाको वालिङ्, महेन्द्रनगर, हुँदै कावासेतीसम्म डेमो देखाउने योजना रहेको भट्टले जानकारी दिए । भट्ट कम्पतीको गण्डकी प्रदेशका इन्चार्जसमेत हुन् । उनले एलजी भरपर्दाे कम्पनी भएकाले ग्राहकलाई ढुक्कसँग एलजीका सामग्री किन्न अनुरोध गरेका हुन् ।
एलजीले विशेष टोली नै खटाएर देश दौडाहा गरिरहेको कम्पनीका प्रबन्धक कुमार घिमिरेले बताए । ‘कम्पनीले पछिल्लो समय निस्केको लेटेस्ट वासिङ मेसिनको प्रमोट गरिरहेको छ । यसले छोटो समयमै कपडा धुन्छ । १ पटकमा ९ केजीसम्म कपडा धुन र सुकाउने एकसाथ गर्छ,’ घिमिरेले भने ।
१० वर्ष वारेन्टी रहेका कम्पनीका मेसिन बजारमा ३० हजारदेखि ४ लाखसम्ममा पाइन्छन् । घिमिरेले भने, ‘ग्राहकलाई कुन ठीक लाग्छ । त्यही किन्न सक्छन् ।’ नयाँ मेसिनले साढे २ घण्टाको अवधिमै धुनेदेखि मेसिनबाट भिकेर तत्कालै लगाएर हिँड्न सकिने कम्पनीका प्रतिनिधि अमितराज देवले बताए ।

कम्पनीका वासिङ मेसिन, टिभी, साउन्ड सिस्टम, माइक्रो ओभन, भ्याकुम क्लिनर, एसी र फ्रिज बजारमा उपलब्ध छन् । विशेष कार्यक्रममा सहभागी हुने ग्राहकलाई विशेष छुट दिइने कम्पनीले जनाएको छ ।
जाडोबाट बाच्न वासिङ मेसिन
चिसो मौसममा बिना झन्झट कपडा धुनका लागि उत्तम उपाय वासिङ मेसिन हुन सक्छ । यदि तपाईंलाई लुगा धुन निकै समस्या भइरहेको छ भने पायक परेको स्थानबाट वासिङ मेसिन किन्न सक्नुहुन्छ । ग्राहकले बजारमा एलजीका उपलब्ध वासिङ मेसिन आफ्नो रकमको क्षमता अनुसार किन्न सक्छन् ।
बजारमा एलजीका विभिन्न क्षमताका वासिङ मेसिन पाइन्छन् । बजारमा पाइने एलजी मेसिनमा एलजी ८ केजी ५ स्टार इन्भर्टर वाइफाइ फुल्ली अटोमेटिक फ्रन्ट लोडिङ वासिङ मेसिन, फुल्ली अटोमेटिक मेसिन र सेमी अटोमेटिक मेसिन छन् । मेसिनहरु सेमी अटोमेटिक, ट्विन टब र फुल्ली अटोमेटिक फिचरमा पाइन्छ ।









कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया