त्रिवेणी कलेजको सभा

सविता बस्याल
लेखनाथ ।
त्रिवेणी इन्टरनेसनल कलेज पोखरा २७ को छैटौं वार्षिक साधारणसभा शनिबार भएको छ । सभामा संघीय सांसद विद्या भटृराईले शिक्षा लिनु ज्ञान आर्जन गर्नुमात्र नभई सक्षम पनि बन्नु भएको बताइन् । उनले निजी शैक्षिक संस्थाप्रतिको दृष्टिकोणमा परिवर्तन गरिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा प्राडा ईन्द्रप्रसाद तिवारी, पूर्वअध्यक्ष राजेन्द्रमणि लामिछाने, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश आचार्य, पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, त्रिभुवन शान्ति माविका प्राचार्य मित्रलाल सापकोटा, कलेज सञ्चालक समिति सदस्य विनोदप्रसाद लामिछाने, हिसान कास्की सदस्य यमबहादुर रोका, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समिति अध्यक्ष सृष्टि तिवारी र विद्यार्थी सुनिता गौतमले बोलेका थिए ।
शनिबार नै कलेज र ग्रिन डेभलपमेन्ट बैंकबीच एमओयु भएको छ । बैंकले कलेजको स्तरोन्नतिमा सहयोग गर्नुका साथै विद्यार्थीलाई इन्टर्नसिप एवं रोजगारी प्रदान गर्ने समझदारी पत्रमा उल्लेख छ । कलेज सञ्चालक समिति अध्यक्ष सुमन भटृराईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख यदुराज आचार्यले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया