पोखरा महोत्सव स्थगित

समाधान संवाददाता २०७८ पुष २६ गते १६:१३

पाेखरा । युनाईटेड क्लव पोखराको आयोजनामा आगामी पुष २८ देखि माघ ९ गते सम्म आयोजना हुने भनिएको ११ औं संस्करणको पोखरा महोत्सव स्थगित भएको छ । नेपाल सरकारको कोभिड १९ संकट ब्यवस्थापन समन्वय केन्द्र -सीसीएमसीसी- को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्ण रुपमा पालना गर्दै एघारौं संस्करणको पोखरा महोत्सव स्थगित भएको आयोजकले जानकारी दिएको छ ।

Advertisement


क्लबले स्वास्थ्य क्षेत्रमा समेत काम गर्ने भएकाले जनस्वास्थ्य प्रति उत्तरदायित्व वहन गर्नु भन्दै स्थिगित गरेको हो । महोत्सवमा बुक गरिसकिएका स्टल ब्यवशायीहरुलाई अर्को सुचना जारी भएपछि पुन सोही स्टल उपलब्ध गराउने समेत जानकारी गरेको छ ।
धन्यवाद ।

Advertisement

तपाईको प्रतिक्रिया