एमाले कास्कीको मतदान सकियो, ७ बजेदेखि मतगणना

समाधान संवाददाता २०७८ पुष २७ गते १७:५१

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीको १० औं अधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सकिएको छ । पोखराको सभागृहमा बिहान १० बजेदेखि सुरुभएको मतदानमा ८ सय ९५ मत खसेको निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले बताए । उनका अनुसार कास्की जिल्लामा ९ सय १९ जना प्रतिनिधिले मतदातामा सहभागि हुन पाउँथे ।


बेलुका ४ बजेसम्म चलेको ४ जनाले मतदानमा सहभागि नभएको उनले बताए । एमाले कास्की नेतृत्वका लागि अध्यक्षमा मनबहादुर गुरुङ र दामोदर बैरागी प्रतिस्पर्धामा छन् । दुवै अध्यक्षका दाबेदारले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । एमाले पार्टी अध्यक्ष केपी शर्मा (ओलीले) शुक्रबारे ७७ वटै जिल्लाको भर्जुअल माध्यमबाट देसैभर १० औं महाधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत गर्ने खेजिएपनि नेताहरुबिच सहमति नहुँदा प्यानल बनाएरै मंगलबार चुनाव सम्पन्न भएको हो । एमाले विधान अनुसार जिल्ला १० औं महाधिवेशनमा जिल्लामा १ सय २० सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने व्यवस्था छ । जस्मा भूगोल, समावेशिता र खुला निर्वाचन क्षेत्र तोकिएको छ । ५ पदाधिकारी , भूगोलबाट ६०, समावेशिताबाट ४३, खुलातर्फ १२ गरी १ सय २० निर्वाचित हुने छन् ।


मंगलबार बेलुका ७ बजेदेखि सभागृहको हलमा मतगणना जारी छ । कास्की नेतृत्वका लागि उपाध्यक्षमा तेजनारायण अधिकारी र प्रभा कोइराला, सचिवमा बैनबहादुर अधिकारी क्षेत्री र विष्णुबहादुर केसी, उपसचिवमा दर्शन लामा, नवराज ओझा, मनभुजा विक, सुनकुमारी भुजेल र इमानराज पौडेलको छन् । उपसचिवका प्रत्यासी सुनकुमारी भुजेल बाहेक सबै जना दुई अध्यक्षको प्यानलबाट छुट्टछट्टै प्यानलबाट चुनावि मैदानमा उत्रिएका हुन् ।

Advertisement


गुरुङको समूहबाट पदाधिकारीमा तेजनारायण अधिकारी, विष्णुबहादुर केसी, इमानराज पौडेल, मनभुजा विक छन् । बैरागीको तर्फबाट पदाधिकारीमा प्रभा काइराला, बैनबहादुर अधिकारी क्षेत्री, दर्शन लामा र नवराज ओझा छन् । उपसचिवका प्रत्यासी सुनकुमारी भुजेल अहिलेसम्म कुनै समूहमा खुलेकी छैनन् ।


कास्कीको सदस्यमा भूगोलतर्फ मादी गाउँपालिकाबाट ६ जना निर्विरोध भएका छन् । अधिवेशनका लागि अध्यक्ष मण्डलले मादीका ११ वडा मध्येबाट २ वडाबाट १ जनाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । सोही अनुसार खेमराज सापकोटा, महेन्द्र गुरुङ, नारायदत्त अधिकारी, पसबहादुर बास्तोला (श्याम), सन्तोष गुरुङ र विष्णुमाया आचार्य पौडेल निर्विरोध भएका हुन् । भूगोलतर्फ रुपा गाउँपालिकाबाट लालशोभा गुरुङ, दामोदर घिमिरे, राजन सुवेदी र पुष्प सुवेदी निर्विरोध भएका छन् ।

Advertisement


भूगोलतर्फबाट, वडा नम्बर ३ बाट राजकुमारी भुजेल, पोखरा १९बाट सुरेन्द्रमानसिंह भण्डारी, वडा नम्बर ४बाट राजकुमारी पन्थी, वडा नम्बर २४बाट ओम सुवेदी निर्विरोधभएका छन् । बुद्धिजीवी विशेष इलाकाबाट आरपी शर्मा र दुर्गा भण्डारी निर्विरोध भएका छन् । अध्यक्ष मण्डलले इलाकाबाट २ जनामध्ये १ खुला र १ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेका छ । विद्यार्थी इलाकाबाट आशीर्वाद सुवेदी,समावेशिताको अपांग महिलामा शोभा पौडेल निर्विरोध भएका छन् ।


एमाले विधानका अनुसार ३३ प्रतिशत अर्थात ४० जना महिला अनिवार्य गरेको छ । जस्मा गाउँपालिकाबाट १÷१ महिला र समावेशीतातर्फ ३० महिला निर्वाचित हुनेछन् । समावेशीतातर्फ ३० महिलामा जनजाति ६, दलित ५, खसआर्य ६, अल्पसंख्यक १ र अपांग १ को प्रतिनिधित्व हुनेछ । समावेशीता पुरुषतर्फ दलित ५, जनजाति ५, अल्पसंख्यक २ गरी १३ जना जिल्ला कमिटीमा निर्वाचित हुने व्यवस्था छ । सबै प्रतिनिधिले प्रतिस्पर्धा गर्न पाउने खुला सदस्यमा १२ निर्वाचित हुने छन् ।


भूगोलतर्फ ६० सदस्यका लागि पोखरा महानगरका ३३ वडाबाट ३३ जना निर्वाचित हुनेछन् । उनले ९ औं जिल्ला अधिवेशनमा यस्तो व्यवस्था नहँुदा वडा नम्बर १८, २२ र २५ वडाबाट प्रतिनिधित्व हुन नसकेको स्मरण गराए । माछापुच्छे« गाउँपालिकामा ४ खुला र १ महिला गरी ५ जना जिल्ला कमिटीमा निर्वाचित हुने छन् । अन्नपूर्णबाट ६ जना निर्वाचित हुनेमा ५ खुला र १ महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको अध्यक्ष मण्डलका अध्यक्ष विश्वकर्माले बताए ।


पोखरा महानगरसहित ५ पालिकाका ७२ वडा, विशेष इलाकाका शाखा कमिटी, जनवर्गीय संगठन, सल्लाहकार परिषद्, आयोजक कमिटीका पदाधिकारी तथा सदस्य गरी ९ सय १९ प्रतिनिधिले भाग लिएका छन् ।

तपाईको प्रतिक्रिया