एमाले कास्की अध्यक्षमा मनबहादुर

समाधान संवाददाता २०७८ पुष २८ गते ६:१३

पोखरा ।

Advertisement

नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको नतिजा बुधबारबिहान आएको हो ।

यसअघिका उपाध्यक्ष गुरूङले दामोदर बैरागीलाई पराजित गरेका हुन् । बैरागी यसअघि सचिव थिए ।

Advertisement

सर्वसम्मतको प्रयास विफल हुँदा नेतृत्व चुन्न चुनाव भएको हो । गुरूङ र बैरागी प्यानलसहित चुनावमा होमिएका थिए । एमाले नेताहरू पृथ्वीसुब्बा गुरूङर खगराज अधिकारीको दुई छुट्टाछुट्टै प्यानललाई समर्थन थियो ।

उपमहासचिव पृ्थ्वीसुब्बाले मनबहादुर र संगठन विभाग प्रमुख खगराजले दामोदरलाई समर्थन गरेका थिए ।

निर्वाचन नतिजाअनुसार उपाध्यक्षमा तेजनारायण अधिकारी, सचिवमा बैनबहादुर अधिकारी र उपसचिवमा दर्शन लामा तथा नवराज ओझा निर्वाचित भए । अध्यक्ष र उपाध्यक्षबाहेक भने सचिव तथा उपसचिव दामोदर प्यानलका हुन् ।

तपाईको प्रतिक्रिया