डिभाइन युथ क्लब कास्कीद्वारा न्यानोवष्त्र सहयोग

आकृति पहारी । पोखरा
चिसो बढेसँगै डिभाइन युथ क्लब नेपाल कास्कीले विभिन्न विद्यालयका छात्राछात्रलाई न्यानो कपडा वितरण गरेको छ । राष्ट्रव्यापी रूपमा सञ्चालित ‘न्यानोवस्त्र वितरण–२०७८’ तथा जगतगुरुत्तम जयन्तीको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा गत पुस २७ गते रुपा गाउँपालिका वडा न ७ स्याक्लुङस्थित सरस्वती विद्यालयका ३२ जना विद्यार्थीहरुलाई न्यानो कपडा र टोपी वितरण गरिएको थियो ।
कार्यक्रममा रुपा गाउँपालिका वडा न ७ का अध्यक्ष दयासागर सुवेदीले यति टाढा आएर निम्न आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद साथै क्लबका युवाहरुले अध्यात्म र समाज सेवालाई सँगसँगै लिएर अगाडि बढ्नु प्रशंसनीय रहेको विचार व्यक्त गरे ।
पुस १२ गते क्लबले मादि गाउपालिका तप्राङस्थित महारुद्र माविमा आयोजित एक कार्यक्रममा सोहि विधालयका ६२ जना, शिव शक्ति आधारभूत विद्यालयका १० जना र भूमे आधारभूत विद्यालयका ८ जना गरी ८० जनालाई स्विटर र टोपी वितरण गरेको थियो । क्लबले यस वर्ष कास्की जिल्लाका ११२ विद्यार्थीलाई ७० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरेको जनाएको छ ।
डिभाइन युथ क्लब नेपालले चिसो बढेसँगै निम्न आर्थिक अवस्था भएका सामूदायिक सरकारी विद्यालयमा अध्ययनरत छात्राछात्रलाई लक्ष्य गरी देशव्यापी न्यानोवस्त्र वितरण गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै कास्कीमा रहेका क्लबमा आबद्ध सदस्यहरुद्वारा तिहारमा देउसी भैलो खेली सकंलित रकम र राधा माधव सामिति नेपालमा आबद्ध साधकहरुबाट सेवा कार्य गरिएको क्लबका कास्की संयोजक शुकदेव गुरुङले जानकारी दिए ।
स्वामीश्री हरिदासजीद्वारा राधा माधव सामिति नेपाल अन्तर्गत गठित डिभाइन युथ क्लब नेपालले देशका विभिन्न स्थानमा सामाजिक र आध्यात्मिक जागरणका कार्यहरु सन्चालन गर्दै आएको छ । कास्की जिल्लामा पनि क्लबले विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग, वृक्षरोपण, युवाजागरण अभियान थुप्रै रचनात्मक कार्यक्रम सन्चालन गर्दै आएको छ ।









सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया